२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
गुल्मीमा रास्वपा सांसद सागर ढकाल सवार गाडी दुर्घटना महिला आयोगका सदस्य पौडेलद्वारा लिखित ‘नारी रेखा’ लोकार्पण एनआरएनए एनसिसि पोर्चुगलद्वारा २६ हजार युरोभन्दा बढी आर्थिक अनियमितताको दाबी, अघि बढाइयो कानुनी प्रक्रिया बुढीगण्डकीलाई बहुउद्देश्यीय बनाउन प्राधिकरण मोडलमा अगाडि बढाइँदै सञ्चारमन्त्री डा. तिमिल्सिनासँग संयुक्त राष्ट्रसंघीय निकायका प्रतिनिधिहरुद्वारा औपचारिक भेटघाट दुर्गा प्रसाई र धवलशमशेर राणाको समूहबिच राष्ट्रवादी एजेन्डासहित नयाँ राजनीतिक दल गठन गर्ने सहमति १२ प्रमुख जिल्ला अधिकारी र ६ सहसचिवको सरुवा तथा पदस्थापना पर्यटन मन्त्रालयको समन्वयमा धार्मिक प्रयोजनका सामग्री बनाउनुपर्ने सर्तसहित काठ–दाउरा लिलाम गर्दै लुम्बिनी विकास कोष  ग्रीन हाइड्रोजन नेपालको हरित भविष्य निर्माण गर्ने महत्वपूर्ण अवसर हाेः मन्त्री श्रेष्ठ स्वास्थ्य मन्त्रालयद्वारा विभिन्न पदका आवेदनसम्बन्धी सूचना स्थगित
तपाईं के खोज्दै हुनुहुन्छ ?

विद्युतीय सवारी साधनको प्रवद्र्धनका लागि सहुलियत दिन सरकार तयार



अ+ अ-

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री शक्तिबहादुर बस्नेतले विद्युतीय सवारी साधनहरुको प्रवद्र्धन र बिस्तारको लागि आवश्यक सहुलियत र अनकुल वातावरण बनाउन सरकार तयार रहेको बताउनुभएको छ ।

बुधवार नेपाल विद्युत प्राधिकरणले देशभर निर्माण गरेका ५१ वटा चार्जिङ स्टेशनको संयुक्त रुपमा उद्घाटन कार्यक्रममा बोल्दै मन्त्री बस्नेतले यस्तो बताउनुभएको हो । मन्त्री बस्नेतले सरकारले आज ५१ वटा विद्युतीय चार्जिङ स्टेसन उद्घाटन गरिएको भन्दै आगामी दिनमा देशव्यापी रुपमा बिस्तार गर्ने योजनामा रहेको उल्लेख गर्नुभयो ।

देशभरका ५१ वटा विद्युतीय चार्जिङ स्टेशन उद्घाटन विद्युतीय यात्रा मात्रै नभएर इलेक्ट्रिक भेकलमार्फत हरित र दिगो विकासमा महत्वपूर्ण योगदान गर्नसक्ने विश्वास रहेको उहाँको भनाई छ । मन्त्री बस्नेतले विद्युतीय सवारी साधनहरुले जलवायु परिवर्तनबाट उत्पन्न भएको समस्या न्युनिकरण मात्रै नभएर नेपालको आर्थिक विकास र समग्र यातायात विकासमा योगदान पुग्ने बताउनु भयो । सरकारले जलविद्युत क्षेत्रको दीगो विकासको लागि प्रविधिको विकास गरी विद्युतीय सामग्रीको उत्पादन र विद्युतीय सवारी साधनहरुको प्रवद्र्धनको लागि सरकारले नीतिहरु निर्माण गरिहेको मन्त्री बस्नेतले उल्लेख गर्नुभयो ।

उहाँले भन्नुभयो,‘सरकारले अपौचारिक रुपमा देशभरका ५१ वटा विद्युतीय चार्जिङ स्टेशन उद्घाटन गरिरहेका छौं । यो चार्जिङ स्टेशन उद्घाटन विद्युतीय यात्रा मात्रै होइन इभीमार्फत हरित र दिगो विकासमा महत्वपूर्ण योगदान गर्नसक्ने विश्वास लिएका छौं । विद्युतीय सवारी साधनहरुले जलवायु परिवर्तनबाट उत्पन्न भएको समस्या न्युनिकरणमा महत्व राख्छ । सँगै नेपालको आर्थिक विकास र समग्र यातायात विकासमा योगदान पुग्नेछ । सरकारले ५१ स्थानमा मात्रै नभएर अब निकट भविष्यमा नै देशभर व्यापक रुपमा बिस्तारको योजना बनाएका छौं । सरकारले त्यो योजनाका साथ काम गरिरहेको छ ।

जलविद्युत क्षेत्रको दिगो विकासको लागि प्रविधिको विकास र अनुसन्धान र विद्युतीय सामग्रीको उत्पादनको दृष्टिले होस् वा विद्युतीय सवारी साधनहरुको प्रवद्र्धनको लागि सरकारले केही नीतिहरु निर्माण गरिहेको छ । उपयुक्त कानूनी व्यवस्थाहरु गरिरहेको छ । तर अब यो क्षेत्र कानूनी व्यवस्थामा मात्रै सिमित छैन । व्यवहारिक जीवनमा अभियानको रुपमा अगाडि बढाउँदै छौं । यो एउटा नयाँ अभियानको थलनी गर्दैछौं । नेपालको हरित दिगो विकासको यात्रामा यो महत्वपूर्ण सावित हुनेछ । विद्युतीय अन्य वस्तुहरु नेपालमा नै उत्पादन गर्न सक्नुपर्छ । त्यसको लागि पनि सरकार छलफल गरिरहेको छ । सरकारले विद्युतीय सवारी साधनहरुको प्रवद्र्धन र बिस्तारको लागि दिनुपर्ने सहुलियत तयार गर्नुपर्ने अनकुल वातावरण बनाउन सरकार तयार छ । त्यसको लागि जिम्मेवारीपूर्वक कामहरु अगाडि बढाएका छौं । विद्युतीय कम्पोनेण्टको विकास र बिस्तारको लागि परिणाममुखी कामहरु शुरु भएको छ ।’

मन्त्री बस्नेतले विद्युतीय सवारी साधनकोे क्षेत्रलाई सरकारले कानूनी व्यवस्थामा मात्रै सिमित नभएको भन्दै व्यवहारिक जीवनमा अभियानको रुपमा अगाडि बढाउने बताउनु भयो । चार्जिङ स्टेशसनहरुको निर्माण नेपालको हरित दिगो विकासको यात्रामा महत्वपूर्ण सावित हुने मन्त्री बस्नेतको भनाई छ । उहाँले विद्युतीय अन्य वस्तुहरु नेपालमा नै उत्पादन गर्न सक्नुपर्ने बताउनु भयो ।

 




भर्खरै