२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्वतन्त्र प्रदेशसभा सदस्य यादवलाई पूर्वपक्षका लागि थुनामा राख्न आदेश



अ+ अ-

राजविराज । स्वतन्त्र प्रदेशसभा सदस्य अनिरुद्धप्रसाद सिंह यादवलाई पूर्वपक्षका लागि थुनामा राख्न आज आदेश दिएको छ ।

कर्तव्य ज्यान मुद्दामा जिल्ला न्यायाधीश राजेन्द्रकुमार आचार्यको इजलासले उनलाई पूर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो । हत्या अभियोगमा सप्तरीको प्रदेश क्षेत्र नम्बर ४ (ख)बाट स्वतन्त्र निर्वाचित उनलाई प्रहरीले सोमबार राजविराज नगरपालिका–७ बाट पक्राउ गरेको थियो ।

हत्या अभियोगमा प्रहरीले पक्राउ गरी अदालतमा बुझाएको यादवलाई पूर्पक्षका लागि थुनामा पठाउने आदेश जारी गरेलगत्तै थुनामा पठाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक नरेशकुमार सिँहले जानकारी दिनुभयो ।

विसं २०६४ असार ९ गते सिंहको निर्देशनमा सप्तरीको साविकको बोदेबर्साइन गाविस वडा नम्बर ४ बाट अपहरण गरी गोबिन्द चौधरीको हत्या गरेको आरोप छ । मृतकका दिदी धनगढी गाविस–३ की रीताकुमारी चौधरीले जिल्ला प्रहरी कार्यालय सप्तरीमा २०६४ असार १४ गते सिंहसमेत नौ जनामाथि किटानी उजुरी दिएका थिए । माओवादी नेता गोविन्द चौधरीको गोली हानी हत्या गरेको मुद्दामा यादवलाई अदालतले दोषी ठहर गरिसकेको छ । रासस