१९ माघ २०८१, शनिबार
,
Latest
चार महिनादेखि त्रिपालमुनि खानीखोलाका घरपरिवार तराईसँग जोडियो ढोरपाटन, बागलुङवासीका लागि अवसर विवाहको उमेरहद २० वर्ष नै कायम गर्न आग्रह काम गर्न सरकारमा जानैपर्छ भन्ने छैन: सुमना श्रेष्ठ चन्द्रागिरि नगरपालिकाद्वारा सार्वजानिक स्थलमा सूर्तिजन्य पदार्थको बिक्री वितरणमा निषेध चितवन राष्ट्रिय निकुञ्जमा आजदेखि आन्तरिक गैँडा स्थानान्तरण रंगीन नेपाल, थरिथरीका संस्कृति र प्रकृति (फोटो फिचर) धरानको खानेपानी समस्या समाधान गर्न तमोरबाट पानी ल्याउनुपर्छ : पूर्वराष्ट्रपति भण्डारी सरावलमा २७ लाख लगानीमा बनेको हाटबजार प्रयोगविहीन जिल्लास्तरीय भलिबल प्रतियोगिताको उपाधि मेलम्ची–७ दुवाचौरलाई
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्वतन्त्र प्रदेशसभा सदस्य यादवलाई पूर्वपक्षका लागि थुनामा राख्न आदेश



अ+ अ-

राजविराज । स्वतन्त्र प्रदेशसभा सदस्य अनिरुद्धप्रसाद सिंह यादवलाई पूर्वपक्षका लागि थुनामा राख्न आज आदेश दिएको छ ।

कर्तव्य ज्यान मुद्दामा जिल्ला न्यायाधीश राजेन्द्रकुमार आचार्यको इजलासले उनलाई पूर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो । हत्या अभियोगमा सप्तरीको प्रदेश क्षेत्र नम्बर ४ (ख)बाट स्वतन्त्र निर्वाचित उनलाई प्रहरीले सोमबार राजविराज नगरपालिका–७ बाट पक्राउ गरेको थियो ।

हत्या अभियोगमा प्रहरीले पक्राउ गरी अदालतमा बुझाएको यादवलाई पूर्पक्षका लागि थुनामा पठाउने आदेश जारी गरेलगत्तै थुनामा पठाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक नरेशकुमार सिँहले जानकारी दिनुभयो ।

विसं २०६४ असार ९ गते सिंहको निर्देशनमा सप्तरीको साविकको बोदेबर्साइन गाविस वडा नम्बर ४ बाट अपहरण गरी गोबिन्द चौधरीको हत्या गरेको आरोप छ । मृतकका दिदी धनगढी गाविस–३ की रीताकुमारी चौधरीले जिल्ला प्रहरी कार्यालय सप्तरीमा २०६४ असार १४ गते सिंहसमेत नौ जनामाथि किटानी उजुरी दिएका थिए । माओवादी नेता गोविन्द चौधरीको गोली हानी हत्या गरेको मुद्दामा यादवलाई अदालतले दोषी ठहर गरिसकेको छ । रासस