१ आश्विन २०८३, बिहीबार
,
Latest
आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर कृष्णभीरको सडक खुल्यो, बिहान ६ बजेदेखि दुईतर्फी सवारी चल्ने राष्ट्रिय वाणिज्य बैंकका सेवा निवृत्त कर्मचारीबाट १५ लाख ७४ हजार सहयोग शैक्षिक परामर्श तथा भाषा परीक्षणका लागि नयाँ नियमावलीबमोजिम दर्तामा आउन मन्त्रालयको सूचना एक अर्ब ३४ करोडको हुन्डी कारोबार गर्ने युवा पक्राउ जलवायु कूटनीतिमा दीर्घकालीन संस्थागत संरचना निर्माण गर्नुपर्छः परराष्ट्रमन्त्री खनाल अर्थमन्त्री डा वाग्ले तीन दिने भारत भ्रमणमा जानुहुँदै विश्व वित्तीय केन्द्रको सूचकांकमा हङकङको प्रभाव कायमै युक्रेनमा रुसी ड्रोन आक्रमणबाट बसमा सवार पाँच जनाको मृत्यु साउदी अरबले मक्कामाथिको आक्रमण प्रयासलाई ‘रेड लाइन’ भन्यो
तपाईं के खोज्दै हुनुहुन्छ ?

भुटान एयरलाइन्सले भदौ ३० देखि काठमाडौँ उडान पुन: सुरु गर्ने



अ+ अ-

काठमाडौँ । भुटानको पहिलो निजी एयरलाइन्स, ‘भुटान एयरलाइन्स’ ले आगामी भदौ ३० देखि काठमाडौँ गन्तव्यमा पुन: उडान सुरु गर्ने भएको छ ।

उक्त एयरलाइन्सको नेपालको आधिकारिक जनरल सेल्स एजेन्ट (जीएसए) सोसाइटी इन्टरनेसनल ट्राभल सर्भिसेसका अनुसार साताको चार दिन आइतबार, सोमबार, बुधबार र शनिबार उडान हुनेछ ।

कोभिड–१९ महामारीका कारण रोकिएको पारो–काठमाडौँका उडान पुन: सुरु हुने भएको कम्पनीले उल्लेख गरेको छ । थिम्पुमा मुख्यालय रहेको भुटान एयरलाइन्सको उडानले पारो–काठमाडौँ–नयाँदिल्लीलाई दुईतर्फीरुपमा जोड्ने छन् । “निर्धारित उडान पुन: सुचारु गनेसँगै भुटान एयरलाइन्सले कोभिड महामारीका कारण रोकिएको काठमाडौँका उडान पुन: सुचारु हुनेछ, यसमा हामी उत्साहित छौँ, महामारीको समयमा उडान रद्द वा रिरुट गर्नेजस्ता कठिन निर्णय लिनुपर्ने चुनौतिको सामना गर्नुपर्यो”, भुटान एयरलाइन्सका प्रमुख कार्यकारी अधिकृत पेमा नाडिकले भन्नुभएको छ ।

नियमित उडानले दुवै देशका पर्यटकलाई थप सहज हुने र यसले पर्यटन उद्योगलाई प्रवर्द्धन गर्ने विश्वास लिइएको छ । एयरलाइन्सले आगामी दिनमा नियमित उडान गरी विश्वसनीय वायुसेवाको रुपमा आफूलाई स्थापित गर्ने दाबी गरेको छ ।