२ पुष २०८२, बुधबार
,
Latest
जेनजी आन्दोलन : भौतिक र अन्य क्षतिको पाँच अर्ब बढी दाबी भुक्तानी तत्कालीन सचिव र सहसचिव कार्कीविरुद्ध मुद्दा दर्ता फेवातालको संरक्षणका लागि अदालतको आदेश चाँडै कार्यान्वयन गर्छौं : मुख्यमन्त्री पाण्डे ‘अनुसन्धान शोधवृत्ति’का लागि शोधकर्ता आव्हान राष्ट्रियसभा निर्वाचन : मतदानस्थल तथा केन्द्र निर्धारण प्रलोपाद्वारा लोकतान्त्रिक शक्तिहरूबीच बृहत् ध्रुवीकरणका लागि आह्वान जनमत पार्टीका केन्द्रीय सदस्यहरु आजपामा प्रवेश गरे ‘अन्तर्राष्ट्रिय कला शिविर’ सुरु एपिएफ क्लब ‘साफ महिला क्लब च्याम्पियनसिप’को फाइनलमा अन्नपूर्ण आधार शिविरमा सञ्चार सुविधा विस्तार गर्न सञ्चारमन्त्रीको ध्यानाकर्षण
तपाईं के खोज्दै हुनुहुन्छ ?

गृहमन्त्री त आउने जाने हुन् भनेपछि लौ त भनेर प्रहरी हाकिमलाई हटाइदिएँ– देउवा



फाईल फोटो
अ+ अ-

काठमाडौँ । नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रीले भनेपछि कर्मचारीले मान्नै पर्ने बताउनुभएको छ ।

कांग्रेस निकट निजामती कर्मचारी युनियनको कार्यक्रममा उहाँले मन्त्रीहरू आउने जाने हुन् भनेर हेपेपछि आफूले प्रहरी अधिकृतलाई हटाइदिएको स्मरण गर्नुभयो ।

ब्युरोक्रेसीले सरकारको कुरा त मान्नु पर्‍यो नि, भोट कहाँ हालेको होला ठिकै छ । मन्त्री भइसक्यो चुनाव जितेर आइसक्यो के गर्नुहुन्छ ? मन्त्रीको कुरा पनि मान्नुपर्छ हेर्नुस् । कतिपय कुरा चित्त बुझ्छ बुझ्दैन,नमिल्ने कुरा भन्नुपर्छ”, उहाँले भन्नुभयो, “म आफैँ पनि भर्खर गृहमन्त्री भएको बेला एउटा प्रहरी अधिकृतले यस्ता मन्त्री त आउँछन् जान्छन् भनेछ । लौ त म कहिले जान्छु तिमी चाहिँ जाऊ भनेर हटाइदिएँ । सबैले यसै गर्नुपर्छ भनेको होइन ।”

विसं २०४८ मा देउवाले गृहमन्त्री भएका बेला आइजिपी रत्न शमशेरलाई हटाएर मोतीलाल बोहरालाई बनाउनुभएको थियो । उहाँकै पालाबाट प्रहरीमा ३० वर्षे सेवा हद लागेको थियो, जुन ऐनमा नभए पनि अहिलेसम्म हटेको छैन ।