४ भाद्र २०८३, बिहीबार
,
Latest
६६० किलो गाँजासहित दुई जना पक्राउ व्यक्तिले दिएको समर्थन दलको हुन सक्दैन : राप्रपा प्रवक्ता श्रेष्ठ नागरिक बचाउ महाअभियानका १२ बुँदे माग : ऋण मिनाहादेखि राजनीतिक मुद्दा खारेजीसम्म बनेपामा एकमहिने ‘गुँला’ पर्व मनाइँदै रास्वपाको ‘नागरिक, नीति र नेतृत्व’ कार्यक्रम आजदेखि आमाको कलेजोले बच्यो पाँच वर्षीया छोरीको जीवन भारतीय सागसब्जीमा कडाइ, बाँकेका किसानका उत्पादनले पायो बजार विधान संशोधनका लागि रास्वपाले बनायो १५ सदस्यीय कार्यदल सुनचाँदीको मूल्य ह्वात्त बढ्यो कास्कीको अन्नपूर्ण गाउँपालिकाले विपद् प्रभावितलाई सहयोग गर्न अपिल, पुनःस्थापनाका लागि कोष सञ्चालन
तपाईं के खोज्दै हुनुहुन्छ ?

कस्तो छ १९ औं एशियाली खेलकुद हुने हाङझाउ



अ+ अ-

एजेन्सी । सेप्टेम्बर २३ मा पूर्वी चीनको झेजियाङ प्रान्तको हाङझाउमा १९ औं एशियाली खेलकुद आयोजना हुँदैछ ।

खेलकुद आयोजना हुने स्थल १.१३ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको छ । जुन खेलकुदको सबैभन्दा ठूलो गैरप्रतिष्पर्धी स्थल हो । एशियाली खेलकुदमा १० हजार बढी खेलाडी, ४ हजार बढी प्राविधिक अधिकारी, ५ हजार बढी पत्रकारहरु जाने अपेक्षा गरिएको छ । खेल स्थल र गाउँमा ६ वटा रेष्टुरेण्टहरु रहेका छन् ।

उहाँले एथलिट डाइनिङ हलले ८ हजार ४ सय वर्ग मिटर क्षेत्रफल ओगटेको र ४२ सय सिटहरु रहेको बताउनु भयो । एशियाली खेलको बेलामा यो बिहान ५ बजेदेखि १ बजेसम्म घण्टा चल्नेछ ।

यस्तौ, एशियाली खेलकुदको समयमा विद्युत आपूर्ति सुनिश्चित गर्नका लागि आपत्कालीन अभ्यास सम्पन्न भएको छ । सम्भावित प्राकृतिक प्रकोपका कारण पावर ट्रन्समिशन लगायत विद्युतमा हुनसक्ने समस्या रोक्न आपत्कालीन अभ्यास गरिएको छ ।

स्टेट ग्रिड झेजियाङ इलेक्ट्रिक पावर कम्पनी लिमिटेडका कर्मचारीहरुले मर्मत सामग्री र कर्मचारीहरुलाई तोकिएको ठाउँमा सामान स्थानान्तरण गर्न हेलिकप्टरको प्रयोग गरेर समेत अभ्यास गरिएको थियो । एशियाली खेलकुद आयोजना हुने पाँच शहरमध्ये हङझाउ पनि एक हो ।