• ९ जेष्ठ २०८१, बुधबार
  •      Wed May 22 2024
  •   Unicode
Logo
Latest
★   हैदराबादलाई हराउँदै कोलकाता चौंथोपटक आईपीएलको फाइनलमा ★   कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष सिरोहियालाई धनुषा लगियो ★   क्रुसले रियल मड्रिड छाड्ने ★   राष्ट्रपति रइसीको अन्त्येष्टि समारोह सुरु ★   अध्यक्ष सिरोहियालाई जनकपुर लैजाने तयारी ★   प्रधानमन्त्रीसँग बङ्गलादेशका वातावरणमन्त्रीको शिष्टाचार भेट ★   कार्यालयबाटै पक्राउ परे कान्तिपुरका अध्यक्ष कैलाश सिरोहिया ★   समाचार लेखेकै भरमा कसैलाई पक्राउ गरे प्रतिवादमा उत्रिने ऋषि धमलाको चेतावनी ★   रुसमा हाइपरसोनिक वैज्ञानिकलाई देशद्रोहको आरोपमा १४ वर्षको कारागार सजाय ★   सशस्त्र प्रहरी निरीक्षक पौडेलद्वारा सगरमाथा आरोहण

इजरायलले बहराइनमा दूतावास खोल्यो



मनामा: इजरायलले बहराइनको राजधानी मनामामा नयाँ राजदूतावास खोलेको छ । अमेरिकी पहलमा इजरायलसँग दौत्य सम्बन्ध पुनर्स्थापना गर्ने तीन वर्षअघि भएको सहमति अनुसार इजरायलले राजदूतावास खोलेको हो ।

राजदूतावास खोल्ने समारोहमा इजरायलका विदेश मन्त्री एली कोहेन र बहराइनका विदेशमन्त्री अब्दुलातिफ बिन राशिद अल जायानीको पनि उपस्थिति थियो ।त्यस अवसरमा बहराइनका विदेश मन्त्री जायानीले दुई देशबीचको सम्बन्ध प्रगाढ बनाउने सन्दर्भमा राजदूतावास स्थापना एक ऐतिहासिक कदम हो भन्नुभएको छ ।

दुबै विदेश मन्त्रीहरुको संयुक्त पत्रकार सम्मेलनमा विदेश मन्त्री जायानीले प्यालेस्टिनी जनताको न्यायपूर्ण आवाजको सम्मान हुने तथा दिगो शान्तिका लागि पहल हुने बहराइनले विश्वास लिएको पनि बताउनुभयो ।

प्यालेस्टिनी मामिलाका कारण इजरायलसँग दौत्य सम्बन्ध विच्छेद गरेका अरब राष्ट्रहरुले सन् २०२० मा अमेरिकी अग्रसरतामा अब्राहम शान्ति योजनामा हस्ताक्षर गरेका थिए । यही योजना बमोजिम इजरायलले संयुक्त अरब इमिरेट्स र मोरक्कोमा दूतावास खोलिसकेको छ । तर साउदी अरबले भने इजरायलसँग दौत्य सम्बन्ध स्थापना गर्न र राजदूतावास खोल्न दिने कुरामा विमती राख्दै आएको छ । साउदी अरबले प्यालेस्टिनी समस्याको समाधान नहुँदासम्म इजरायलसँग दौत्य सम्बन्ध स्थापना गर्न नसकिने अडानमा छ । सिन्ह्वा