२३ भाद्र २०८३, मंगलवार
,
Latest
रसुवामा बाढीपहिरोबाट मृत्यु हुनेको संख्या १ हजार ३५७ पुग्यो रास्वपा सभापति लामिछानेले भने : ‘जेनजी आन्दोलनको मर्मबाट एक इन्च पनि विचलित हुने छैनौँ’ देवीघाटदेखि सिंचाईसम्म तत्काल अस्थायी पुल बनाउन स्थानीयको माग ‘सामाजिक सञ्जालमा अफवाह फैलाउनेविरुद्ध तीव्र निगरानीसहित कडा कारबाही’ क्यान्सरमुक्त महानगरको लक्ष्यमा कामपा जेनजी आन्दोलनको वर्षदिनमा २४ अगुवाको प्रश्न : छानबिन प्रतिवेदन किन लुकाइयो? जेनजी फ्रन्टको निष्कर्ष : नयाँ सरकार आए पनि शासन शैली पुरानै बाजुराको साँफे–मार्तडी सडक सञ्चालनमा मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान सामाजिक सञ्जालको अशिष्टता रोक्न एमाले बाँकेको निगरानी, स्क्रिनसटसहित बुलेटिन निकाल्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

इजरायलले बहराइनमा दूतावास खोल्यो



अ+ अ-

मनामा: इजरायलले बहराइनको राजधानी मनामामा नयाँ राजदूतावास खोलेको छ । अमेरिकी पहलमा इजरायलसँग दौत्य सम्बन्ध पुनर्स्थापना गर्ने तीन वर्षअघि भएको सहमति अनुसार इजरायलले राजदूतावास खोलेको हो ।

राजदूतावास खोल्ने समारोहमा इजरायलका विदेश मन्त्री एली कोहेन र बहराइनका विदेशमन्त्री अब्दुलातिफ बिन राशिद अल जायानीको पनि उपस्थिति थियो ।त्यस अवसरमा बहराइनका विदेश मन्त्री जायानीले दुई देशबीचको सम्बन्ध प्रगाढ बनाउने सन्दर्भमा राजदूतावास स्थापना एक ऐतिहासिक कदम हो भन्नुभएको छ ।

दुबै विदेश मन्त्रीहरुको संयुक्त पत्रकार सम्मेलनमा विदेश मन्त्री जायानीले प्यालेस्टिनी जनताको न्यायपूर्ण आवाजको सम्मान हुने तथा दिगो शान्तिका लागि पहल हुने बहराइनले विश्वास लिएको पनि बताउनुभयो ।

प्यालेस्टिनी मामिलाका कारण इजरायलसँग दौत्य सम्बन्ध विच्छेद गरेका अरब राष्ट्रहरुले सन् २०२० मा अमेरिकी अग्रसरतामा अब्राहम शान्ति योजनामा हस्ताक्षर गरेका थिए । यही योजना बमोजिम इजरायलले संयुक्त अरब इमिरेट्स र मोरक्कोमा दूतावास खोलिसकेको छ । तर साउदी अरबले भने इजरायलसँग दौत्य सम्बन्ध स्थापना गर्न र राजदूतावास खोल्न दिने कुरामा विमती राख्दै आएको छ । साउदी अरबले प्यालेस्टिनी समस्याको समाधान नहुँदासम्म इजरायलसँग दौत्य सम्बन्ध स्थापना गर्न नसकिने अडानमा छ । सिन्ह्वा