२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
उच्च शिक्षाको गुणस्तर अभिवृद्धिका लागि मन्त्रालय प्रतिबद्ध छः शिक्षामन्त्री पोखरेल अतिसङ्कटापन्न सूचीमा पर्ने ‘ब्लाक सफ्टसेल’ कछुवा लोप हुने अवस्थामा भारतको अस्पतालमा आगलागी, पाँच जनाको मृत्यु, २० घाइते कांग्रेस अनुशासन समितिको निर्णय : बारा सभापति यादव निलम्बित, अन्यलाई निर्देशन र सफाइ अनौपचारिक श्रम बजारमा ज्याला ठगी व्यापक, ६६ प्रतिशत श्रमिकले पाएनन् पूरा पारिश्रमिक सीमा मुद्दामा प्रधानमन्त्रीलाई खलनायक बनाउन हतार नगर्न रास्वपा सचेतक धितालको आग्रह ‘मेरोकित्ता’ मोबाइल एप सार्वजनिक, जग्गासम्बन्धी सेवा अब घरमै बसेर लिन सकिने परराष्ट्रमन्त्री खनाल भोलिबाट भारत भ्रमणमा, यस्ताे छ कार्यतालिका धवलशमशेर राणाले राप्रपा छोडेपछि प्रवक्ता श्रेष्ठले भनेः चुनाव बहिष्कार गरेर होइन, चुनाव लड्ने दल बनाउनुहोस् टिचिङ अस्पतालको ओपीडी सेवा सुधार्न महानगरको १ करोड ७० लाखको प्रविधि सहयोग
तपाईं के खोज्दै हुनुहुन्छ ?

श्लोक वाचिका सरु गुरागाईंको यस्तो छ पछिल्लो स्वास्थ्य अबस्था



अ+ अ-

काठमाडौ । घाँटीको क्यान्सरबाट पीडित मीठो शैलीमा छन्द कविता र श्लोक वाचन गरेर ख्याति कमाएकी सरु गुरागाईंको उपचार खर्च जुट्न सुरु भएको छ ।

स्पाइनल कर्डमा समस्या देखिएपछि विगत एक वर्षदेखि अमेरिकामा उपचाररत गुरागाइलाई हालैमात्रै क्यान्सर पहिचान भएको हो ।

यो पनि पढ्नुहोस- क्यान्सरपीडित लोकप्रिय श्लोक वाचिका सरु गुरागाईंको उपचार अमेरिकामा हुँदै

बिहीबारमात्र थाइराइडको शल्यक्रिया गराएकी उनी अहिले ‘रिकभरी’ को चरणमा रहेको बताइएको छ । पारिवारिक स्रोतका अनुसार स्वास्थ्य परीक्षणको सबै रिपोर्टहरू आइसकेपछि थप उपचारविधिबारे टुंगो लाग्नेछ । घाँटी वरिपरीको लिम्फ नोडहरूमा फैलिएको अवस्थामा क्यान्सर पहिचान भएको थियो ।

सरुका श्रीमान् मुरारी गुरागाईंले पत्नीको स्वास्थोपचारका लागि आर्थिक सहयोगका लागि गो फन्डमी मार्फत आग्रह गरेपछि हालसम्म ५८ हजार ९५२ अमेरिकी डलर उठिसकेको छ ।

श्रीमान् मुरारीले सरुको उपचारका लागि गो फन्डमीमा सरुको उपचारका लागि ७५ हजार डलर उठाउने लक्ष्य राख्नुभएको छ ।

आदिकवि भानुभक्त आचार्यको रामायणका श्लोकहरू वाचन गरेर युट्यूबमा धारावाहिक प्रसारण गरेपछि उनलाई धेरैले चिनेका हुन् । उनी महिला र वृद्धवृद्धाहरुबीच बढी लोकप्रिय छिन् । एक वर्षदेखि स्वास्थ्यमा समस्या देखिएपछि उनको कविता वाचन अवरुद्ध बनेको छ ।