१४ असार २०८३, आईतवार
,
Latest
आर्थिक विधेयक २०८३ः पुँजीगत खर्च र करका दरबारे सांसदहरूको ध्यानाकर्षण आर्थिक विधेयक, २०८३ प्रतिनिधि सभाबाट पारित बजेटलाई सघाउने गरि मौद्रिक नीति ल्याउँदैछौं : कार्यकारी निर्देशक पौडेल पेट्रोलियम पदार्थको मूल्यवृद्धि घटन अझै केही समय लाग्नेछः अर्थमन्त्री वाग्ले नेपाल टेलिकमले ल्यायो स्वतः नवीकरण हुने ‘सब्स्क्रिप्सन बेस्ड’ प्रिपेड प्याकेज आगामी वर्षबाट पुँजीगत खर्चको परम्परागत हविगत तोड्छौँः अर्थमन्त्री डा. वाग्ले शिक्षालाई अनुसन्धान, नवप्रवर्तन र ‘डिजिटल’ प्रविधिसँग जोड्नुपर्नेमा उपराष्ट्रपतिको जोड समता करले गरिबलाई असर पर्दैन, सार्वजनिक शिक्षा र स्वास्थ्य सुधारमै खर्च हुन्छ : अर्थमन्त्री वाग्ले सार्वजनिक शिक्षा र स्वास्थ्यको सुधारका लागि करको दायरा विस्तार गरिएको होः अर्थमन्त्री डा. वाग्ले ‘हरेक क्षेत्रको विकासका लागि प्रविधि अनिवार्य भएको छ’
तपाईं के खोज्दै हुनुहुन्छ ?

सम्पदा पुन:निर्माण र जीर्णोद्धारमा भारतीय सरकारको सहयोग



अ+ अ-

पाटन ।  ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले भूकम्पले क्षति पुर्‍याएको नेपालको सम्पदा पुन:निर्माण र जीर्णोद्धारमा भारतीय सरकारबाट भएको सहयोग अतुलनीय रहेको बताउनुभएको छ ।

ललितपुर महानगरपालिका–११ इखाछेंमा अवस्थित पुन:निर्मित नापिचन्द्र विहारको समुद्घाटन समारोहमा उहाँले भन्नुभयो, “यहाँको मूर्त तथा अमूर्त सम्पदा संरक्षण गर्दै दीर्घकालसम्म जीवित राख्न भारतीय सरकारले गरेको सहयोग अतुलनीय छ । यसरी पुर्‍याएको सहयोगप्रति धन्यवाद ज्ञापन गर्न चाहन्छु ।”

नगरप्रमुख महर्जनले सम्पदा संरक्षणका लागि विश्व बैकले गरेको लगानीबाट भएको उत्कृष्ट काम र उपत्यकाभित्र देखाउन लायक सम्पदा ललितपुरको पिम्वहाल पोखरी मात्रै भएको भन्दै सम्पदा संरक्षणका लागि ललितपुरले महत्त्वपूर्ण काम गरेको बताउनुभयो ।

सामाजिक क्षेत्र र सम्पदा संरक्षणका क्षेत्रमा अतुलनीय र अति राम्रो काम सम्पादन गरेको भन्दै बागमती प्रदेश सरकार र प्रधानमन्त्रीबाट समेत सम्मानित हुने अवसर पाएकामा उहाँले खुसी व्यक्त गर्नुभयो । उहाँले आफ्नो कार्यकालमा महानगरभित्र एक सय ३२ वटा पाटी पौवा निर्माण गरेको प्रस्ट पार्दै सबै पार्टीपौवाको जीर्णोद्धार तथा पुन:निर्माणले राम्रो प्रभाव पारेको बताउनुभयो । यी सबै काममध्ये पनि राम्रो काम नापीचन्द्र महाविहारको पुन:निर्माण भएको उहाँको धारणा थियो ।

नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले नेपालको सांस्कृतिक सम्पदा र मठमन्दिर निर्माणबाट नयाँ अनुभव प्राप्त भएको धारणा राख्नुभयो । “सन् २०१५ मा भारत सरकारबाट भूकम्पबाट प्रभावित नेपालका आवास तथा सम्पदा पुन:निर्माणका लागि २५ करोड अमेरिकी डलर घोषणा भएको थियो । त्यहीमध्येबाटै नापीचन्द्र महाविहारको पुन:निर्माण भएको हो । सांस्कृतिक सम्पदाका लागि भारतीय राष्ट्रिय ट्रष्टले कन्सल्टेन्टका रूपमा सहयोग गरेको हो । केही समयपहिले बूढानीलकण्ठमा धर्मशाला पुन: निर्माण सम्पन्न गरेको थियो”, राजदूत श्रीवास्तवले भन्नुभयो ।

राजदूत श्रीवास्तवले ललितपुरका नगरप्रमुखसँगको समन्वय र भारतीय सहयोगमा बाँकी काम सम्पन्न गर्न प्रयत्नशील रहने धारणा राख्नुभयो । नेपालीहरूको सहयोग रहेसम्म नेपाली संस्कृति धरोहरको संरक्षणका लागि भारतीय सहयोग हुने भन्दै उहाँले नेपाल र भारतबीच रहेको धार्मिक सांस्कृतिक सम्बन्ध प्रगाढ रहने बताउनुभयो ।

भारत सरकारको वित्तीय सहयोग एवं कला र सांस्कृतिक सम्पदाका लागि भारतीय राष्ट्रिय ट्रष्टको प्राविधिक सहयोग तथा नेपाल सरकार सहरी विकास मन्त्रालय, सहरी विकास तथा भवन निर्माण विभाग, केन्द्रीय आयोजना कार्यान्वयन एकाइद्वारा कार्यान्वयन गरी महाविहारको पुन:निर्माण सम्पन्न भएको हो । महाविहारको लागत रु दुई करोड ७६ लाख रहेको ललितपुर विकासका लागि समाजका अध्यक्ष तथा पूर्वनगरप्रमुख बुद्धिराज बज्राचार्यले जानकारी दिनुभयो । रासस