२१ श्रावण २०८३, बिहीबार
,
Latest
उच्च आर्थिक वृद्धि हासिल गर्न निजी क्षेत्रको भूमिका महत्वपूर्ण छः उपाध्यक्ष डा भट्ट सेनामा भर्ती गराइदिने भन्दै ठगी गर्ने व्यक्ति पक्राउ विस्थापित बालबालिकाको शिक्षा, स्वास्थ्य र आवास सुनिश्चित गर्न आदेश नेपालसँग श्रम सहकार्य विस्तार गर्न इजरायल इच्छुक छः राजदूत बास जैविकग्यास उत्पादन बढाउन भारतद्वारा २.५ अर्ब डलरको योजना स्वीकृत करदाता प्रोत्साहन कार्यक्रमः शुक्रबार उपहार घोषणा गरिने दिगो रोजगार प्रणाली निर्माणबारे छलफल विद्युतीय कारोबार ऐनअन्तर्गतको कसुरमा संलग्न व्यक्ति पक्राउ “राष्ट्रिय सेवा दलसम्बन्धी विधेयकमा षडयन्त्रको गन्ध छ” सांसद मोहम्मद इस्तियाक राई राज्य व्यवस्था समितिमा अनुगमन टोलीको कार्यशैलीलाई लिएर विवादः एमाले नेतृ अर्यालद्वारा नियमापत्ति
तपाईं के खोज्दै हुनुहुन्छ ?

सभामुखसँग रुसी राजदूतको शिष्टाचार भेट



अ+ अ-

काठमाडौँ । सभामुख देवराज घिमिरेसँग नेपालका लागि रुसका राजदूत अलेक्सेई अलेक्सेयेभिच नोभिकोभले आज सिंहदरबारमा शिष्टाचार भेट गर्नुभएको छ ।

भेटमा दुई देशबीचको सम्बन्ध, संसदीय अभ्यासको आदानप्रदान लगायतका विषयमा छलफल भएको छ । सभामुख घिमिरेले रुसी महासङ्घ नेपालको पुरानो मित्र भएको स्मरण गराउँदै सन् १९५६ मा नेपालसँग दौत्य सम्बन्ध स्थापना भए पश्चात दुई देशबीचको सम्बन्ध सुमधुर रहेको उल्लेख गर्नुभयो ।

उहाँले नेपालको विकास प्रक्रियामा रुसको सहयोग महत्वपूर्ण रहेको र रुसी सहयोगका लागि नेपाल तथा नेपाली जनताका तर्फबाट आभार व्यक्त गर्नुभयो । सभामुख घिमिरेले सन् २०१५ को भूकम्पको समयमा राहत र उद्धार तथा भूकम्पपछिको पुन:निर्माणमा प्राप्त भएको रुसी सहयोग र कोभिड– १९ सङ्क्रमणको समयमा मूल्यवान सहयोग प्रदान गरेकामा रुसी महासङ्घलाई धन्यवाद दिनुभयो ।

राजदूत नोभिकोभले गएको अप्रिलमा राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको भ्रमण संसदीय आदानप्रदानका लागि महत्वपूर्ण रहेको बताउनुभयो । उहाँले अध्यक्ष तिमिल्सिनाको भ्रमणमा भएको सहमति कार्यान्वयन गर्न रुसबाट उच्चस्तरीय भ्रमणको तयारी भएको जानकारी दिनुभएको थियो । रासस