२४ भाद्र २०८३, बुधबार
,
Latest
राष्ट्रपतिद्वारा भोटेकोशी बाढी प्रभावितको व्यवस्थापन र पुनर्निर्माण तीव्र बनाउन सरकारलाई आग्रह नेपाल कानुन आयोग (पहिलो संशोधन) विधेयक, २०८३ सदनमा प्रस्तुत नागरिकको आक्रोशलाई राज्यविरुद्धको प्रहार नठान्न रविको आग्रह हिमाल र हिमनदी निगरानीलाई राष्ट्रिय प्राथमिकता बनाउन सांसद राणाको माग साइबर बुलिङ गर्ने रास्वपा सदस्यलाई साधारण सदस्यबाटै हटाइने लामिछानेको चेतावनी भोटेकोसी बाढीका मृतकलाई ‘जलवायु अन्यायपीडित’ भन्दै न्यायका लागि पहल गर्ने लामिछानेको प्रतिबद्धता विपत्तिमा खिचातानी छाडेर राष्ट्रिय एकतामा जुट्न लामिछानेको आह्वान बाढी प्रतिकार्यमा सरकारको कामप्रति रवि लामिछाने सन्तुष्ट, भने– ‘प्रश्न गर्ने ठाउँ देखिनँ’ भोटेकोशी बाढीमा जलविद्युत् कर्मचारी उद्धार प्रभावकारी बनाउन सरकारसँग ठगुन्नाको आग्रह जेन–जीले परिकल्पना गरेको समाज निर्माण गर्न सक्यौँ कि सकेनौँ, गम्भीर समीक्षा गरौँ : अर्जुननरसिंह केसी
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाल र भारतको खेल हेर्न पालेकेले पुगे क्रिकेटप्रेमी– तस्बिरहरु



अ+ अ-

काठमाडौँ । एसिया कप क्रिकेट प्रतियोगितामा नेपालले आफ्नो क्रिकेट इतिहासमा पहिलोपटक आज भारतसँग प्रतिस्पर्धा गर्दैछ । श्रीलंकाको कान्डीमा रहेको पालेकेले इन्टरनेशनल क्रिकेट स्टेडियममा हुन लागेको खेल नेपाली समय अनुसार दिउँसो ३:१५ बाट सुरु हुनेछ ।

नेपाल र भारतको खेल हेर्न नेपाली क्रिकेट प्रेमीहरु कान्डीमा पुगिसकेका छन् । उनीहरु नेपालका कप्तान रोहित पौडेल र भारतका कप्तान रोहित शर्माबिचको ऐतिहासिक टस हेर्न बेताब देखिन्छन् । जुन नेपाल र नेपालीको लागि महत्वपूर्ण ऐतिहासिक क्षण बन्नेछ । नेपाल र भारतबीचको खेलको हरेक क्षण नेपालका लागि महत्वपूर्ण रहनेछ । तर, आजको खेल बर्षाले बिथोल्ने सम्भावना देखिएको छ । आज पालेकेलेमा ८० प्रतिशत पानि पर्ने सम्भावना रहेको छ ।

नेपालले भारतका सुपरस्टारहरुसँग आफूलाई परिक्षण नगरी स्वदेश फर्किन चाहँदैन । यदि मौसम सफा भयो भने लाखौँ फ्यानहरुको उपस्थितिमा यो नेपालको सबैभन्दा ठूलो खेल हुन सक्छ ।

भारत छिमेकी राष्ट्र भए तापनि उसँग खेल्न नेपालले आफ्नो अन्तर्राष्ट्रिय क्रिकेट इतिहासमा २७ वर्ष कुनुपर्‍यो । सन् १९९६ बाट अन्तर्राष्ट्रिय क्रिकेट खेल्न सुरु गरेको नेपालले पहिलोपटक भारतसँग खेल्ने मौका पाएको हो । नेपाल र भारत पहिलोपटक सिनियर टोलीमा आमने–सामने हुन लागेका हुन् ।

एसिया कपमा पहिलोपटक सहभागिता जनाएको नेपालले भारतलाई पराजित गर्दै सुपर फोरमा पुग्न चाहन्छ तर विश्व क्रिकेटको पावर हाउस भारतलाई पराजित गर्न नेपाललाई सहज भने हुनेछैन । एसिया कपको यस खेलले समूह ए को सुपर फोरमा पुग्ने दोस्रो टोलीको टुङ्गो लाग्नेछ । समूह ए बाट पाकिस्तान यसअघि नै सुपर फोरमा पुगिसकेको छ ।

फोटो- दिपेन्द्र कुँवर