२० भाद्र २०८३, शनिबार
,
Latest
भोटेकोशी बाढीबाट साढे सात हजार घरधुरी प्रभावित अँध्यारो सुरुङभित्रको ‘हेलो… हेलो…’ र जीवनको खोजी भोटेकोशी बाढीः रसुवागढी हाइड्रोको छैठौँ तलामा पुग्यो उद्धार टोली, लेदो पन्छाएर खोजी जारी मनास्लु आरोहणका लागि ३४८ जनाले लिए अनुमति, १५ करोड राजस्व संकलन टिमुरेस्थित नेपाल–चीन सीमामा राष्ट्रिय झण्डा पुनःस्थापित गरियो ‘मानव बेचबिखनविरुद्ध अभियानमा सबैको ऐक्यबद्धता आवश्यक छ’-मन्त्री वादी भोटेकोशी बाढी : जलवायु अन्यायको प्रत्यक्ष प्रमाण, नेपालले खोज्नुपर्छ क्षतिपूर्ति पीडामा रहेका मानिसहरुमाथि अनावश्यक टिप्पणी गर्ने, हियाउने र थप पीडा दिन खोज्नेहरू अपराधी हुन् खुलामञ्चमा गौरा पर्व, सुदूरपश्चिम र कर्णालीका युवा सहभागी नेपाली युवा बक्सर घिमिरे बने विश्व च्याम्पियन
तपाईं के खोज्दै हुनुहुन्छ ?

शान्ति प्रक्रिया टुंगोमा नपुग्दा नेपाल द्वन्द्व पीडित देशमा वर्गीकृत भएको छ: कल्याण श्रेष्ठ



अ+ अ-

काठमाडौं । पूर्वप्रधानन्यायाधीश कल्याणकुमार श्रेष्ठले शान्ति प्रक्रिया टुंगोमा नपुग्दा नेपाल द्वन्द्व पीडित देशमा वर्गीकृत हुनुपरेको बताउनुभएको छ ।

सोमवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले शान्ति प्रक्रियालाई टुंगोमा पुर्‍याउन अब कुनैपनि बहानामा ढिलाइ गर्न नहुने बताउनु भयो । उहाँले विश्वमान चित्रमा नेपाललाई द्वन्द्व पीडित देशबाट शान्त्मिय देशमा बदल्नुपर्ने बताउनु भयो । उहाँले पीडितलाई न्यायको प्रतिक्षा गराउनु नहुने बताउनु भयो । उहाँले शान्ति प्रक्रियाका बाँकी काम टुंगो लगाउन राष्ट्रिय प्रयास आवश्यक रहेको बताउनु भयो । जतिसुकै जनआन्दोलन भएपनि अन्याय दबाएर दिगो विकास र शान्ति स्थापना हुन नसक्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘यो देश हाम्रो शान्तिमय देशको रुपमा संसारको मानचित्रमा बसेको देश हो । केही समय हामी द्वन्द्व पीडित देशमा वर्गीकृत छौँ । विश्वमानचित्रमा द्वन्द्वपीडित राष्ट्रमा हामी चित्रित छौँ । यो शान्ति प्रक्रिया टुंगोमा नपुगेका कारणले यो चित्र हाम्रो निरन्तर छ । यो निरन्तर भएको चित्रलाई बदल्नुपर्छ । ग्लोवल म्यापबाट हामीले द्वन्द्वपीडित राष्ट्र होइन, शान्तिमय देशको रुपमा बदल्नुपर्छ । यो जस सम्माननीय प्रधानमन्त्रीको कार्याकालमा होस् । पीडितलाई न्यायको प्रतिक्षा अब ढिलाइ हुन दिनु हुँदैन । यो समाधान गर्न सकिने विषय हो । राष्ट्रिय प्रयासबाट हुनसक्छ । हामीमा उर्जा, शासह, लगन र उदारतामा जरुरी छ । राजनीतिक पाटोबाट उपलब्धि हासिल त भए, राजनीतिक वर्गले केही उपलब्धि त लिए, तर जतिसुकै जनआन्दोलन भएपनि त्यो जनआन्दोलन वा क्रान्तिमा भएका अपचारहरु, अन्यायहरु सहिदेउ भनेर पीडितलाई भन्ने अधिकार कसैलाई छैन । अन्याय सहन हुँदैन, सहन भन्नु हुँदैन । त्यो तर्जुमा गर्नसक्ने भनेको न्यायबाट हो ।’

पूर्वप्रधानन्यायधीश श्रेष्ठले दिगो शान्ति ल्याउन न्यायिक आधारमा सुदृढ गर्नुपर्ने बताउनु भयो । उहाँले न्यायलाई इन्कार गरेर दिगो शान्ति हुन नसक्ने बताउनु भयो । उहाँले अब कुनैपनि बहानामा न्याय ढिलाई गर्न नहुने बताउनु भयो ।

तस्बिरः प्रदीपराज वन्त-रासस