• ५ जेष्ठ २०८१, शनिबार
  •      Sat May 18 2024
  •   Unicode
Logo
Latest
★   नेपाली काँग्रेस संसदलाई मुठभेडमा लैजान चाहन्छः एमाले ★   भोलिसम्म राजनीतिक गत्यावरोधले निकास पाउँछः प्रधानमन्त्री ★   राष्ट्रिय राजनीतिमा तमासा हेरिरहेका छौँः अध्यक्ष नेपाल ★   प्रधानमन्त्रीलाई काँग्रेस नेता कोईरालाको प्रश्नः कति पटक विश्वासको मत लिनुहुन्छ ? ★   आईपीएलमा आजः को पुग्ला प्लेअफमा, चेन्नई कि बैंगलोर ? ★   सडकमा एक्लै घुम्न चाहन्छन् कोहली, तर फ्यानहरुले घेर्छन् भनेर डरले… ★   बेलायती प्रधानमन्त्रीले पहिलोपटक टेन डाउनिङमा नेपाली समुदायलाई सम्बोधन गर्दै ★   एक सय दुई वर्षमा आँखाको ज्योति फर्किएपछि… ★   संसद् सधैँ बन्धक बन्न सक्दैन : सभामुख घिमिरे ★   जति पटक लिनुपरे पनि विश्वासको मत पाउँछु: प्रधानमन्त्री

आर्सनल र युनाइटेड बीच रोमाञ्चक भिडन्त, आर्सनल विजयी



इङलिस प्रिमियर लिग अन्तर्गत गएराति भएको खेलमा आर्सनलले म्यान्चेस्टर युनाइटेड विरुद्ध रोमाञ्चक जित दर्ज गरेको छ ।

आर्सनलको खेल मैदान इमिरेट्समा भएको खेलको पहिलो हाफमा दुबै टोलीबाट एक एक गोल भए पनि खेलको निर्णय अन्तिम समयको इन्जुरी टाइममा भएको भएको थियो । ८८औं मिनेटमा युनाइटेडका लागि अलेजान्ड्रो गारनाचोले एक सुन्दर गोल गरे पनि त्यो अफसाइड भएको थियो ।

त्यस लगत्तै इन्जुरी समयमा आर्सनलका लागि डेक्लान राइस र काउन्टर एट्याकमा जेसस गेब्रियलले गोल गरेर आर्सनललाई ३–१ गोल अन्तरले विजयी गराए ।

यसअघि पहिलो हाफमा युनाइटेडका लागि मार्कस रासफोर्डले २७ औं मिनेटमा गोल गरेर युनाइटेडलाई अग्रता दिएका थिए । तर त्यो अग्रता एक मिनेट पनि टिकेन ।

आर्सनलका लागि २८ औं मिनेटमा डिबक्स भित्र गेब्रिएल मार्टिनेलीले सिर्जना गरेको पासमा मार्टिन ओडिगार्डले गोल गरेर खेललाई बराबरीमा ल्याएका थिए ।

यो जितसँगै आर्सनलले ४ खेलबाट १० अंक सहित पाँचौं स्थानमा उक्लेको छ । म्यान्चेस्टर युनाइटेड भने २ हार सहित ४ खेलबाट ६ अंक सहित ११ औं स्थानमा छ । एजेन्सी

शीर्ष चार टिम (४ खेलपछि)

१. म्यान्चेस्टर सिटी – १२ अंक
२. टोटेनह्याम हटस्पर – १० अंक
३. लिभरपुल – १० अंक
४. वेस्टह्याम युनाइटेड – १० अंक