२० मंसिर २०८२, शनिबार
,
Latest
दाङको लमही बजारमा दिनदहाडै सुनचाँदी पसलमा गोली प्रहार पोखराविरुद्ध टस जितेर चितवन ब्याटिङमा दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

टिकट बुकिङ खुलेको २४ घन्टा नबित्दै ‘जवान’ले बनायो नयाँ रेकर्ड



अ+ अ-

एजेन्सी । बलिउड सुपरस्टार शाहरुख खानको फिल्म ‘जवान’ले अग्रिम टिकट बुकिङ खुलेको २४ घन्टा नबित्दै नयाँ रेकर्ड राखेको छ ।

बलिउड फिल्म बजार विश्लेषक तरण आदर्शका अनुसार भारतमा मात्रै फिल्मको २ लाख ३३ हजार टिकट बुकिङ भइसकेको छ । विश्वव्यापी रूपमा यसको ४ लाख २५ हजार टिकट बुकिङ भइसकेको छ ।

अग्रिम टिकट बुकिङमा शाहरूखले आफ्नै फिल्म ‘पठान’ को रेकर्ड तोडेका छन् ।  पठानको २४ घन्टामा १ लाख १७ हजार टिकट बुकिङ भएको थियो ।

‘जवान’को टिकट बुकिङको आँकडा हेर्दा एसएस राजामौलीको फिल्म ‘बाहुबली २’ को रेकर्ड तोड्ने अनुमान गरिएको छ । ‘बाहुबली २’ को विश्वव्यापी रूपमा ६ लाख ५० हजार अग्रिम टिकट बुकिङ भएको थियो।

एटलीले निर्देशन गरेको फिल्म ‘जवान’मा शाहरुखका अलावा नयनतारा, विजय सेतुपति, सान्या मल्होत्रा, प्रियमणी, गिरिजा ओक, सञ्जिता भट्टाचार्य, लेहर खान, आलिया कुरेशी, रिद्धी डोग्रा, सुनील ग्रोवर र मुकेश छाबराको अभिनय रहेको छ ।

गौरी खानको लगानी रहेको फिल्ममा शाहरूख डबल रोलमा देखिनेछन् भने नयनतारा पुलिस अफिसरको भूमिकामा देखिनेछिन् । फिल्म सेप्टेम्बर ७ मा हलमा रिलिज हुँदैछ ।