११ भाद्र २०८३, बिहीबार
,
Latest
भोटेकोशी बाढी : जलविद्युत आयोजनाका २०० भन्दा बढी सम्पर्कविहीन, उद्धारको पर्खाइमा बाढी प्रभावित क्षेत्रमा मुख्यमन्त्री थापा आफैँ खटिए, उद्धारदेखि पुनःस्थापनासम्म सरकारको साथ रहने प्रतिबद्धता बाढीपीडितका लागि भारतबाट नेपाल आयो थप ३७.५ टन राहत सामग्री नाडाद्वारा बाढीपीडितको राहतका लागि १० लाख रुपैयाँ सहयोग, नाडा अटो शो निरन्तर सञ्चालन हुने तीन जिल्लामा साढे दुई करोड नगद सहयोग विपद्को समयमा आपतकालीन स्वास्थ्य प्रतिकार्यका लागि फोकल पर्सन तोकिए त्रिशूलीको बाढीले पृथ्वी राजमार्ग अवरुद्ध, सडक खुलाउने प्रयास जारी (तस्बिरसहित) छ देशका ४५ विदेशीसहित ३३६ जनाको हवाई उद्धार कुमारी बैंकले प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा ३ करोड रुपैयाँ सहयोग भोटेकोशी बाढीपीडितका लागि राहत सामग्री संकलन गर्न तीन स्थान तोकियो
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेप्से परिसूचकमा उच्च अङ्कको गिरावट



अ+ अ-

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज उच्च अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक २९ दशलमव ८१ अङ्कले ओरालो लागेर एक हजार नौ सय ६० दशमलव ७८ मा सीमित भएको छ ।

यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पाँच दशमलव शून्य नौ अङ्कले ओरालो लागेर तीन सय ७६ दशमलव ६२ मा सीमित भएको छ । कारोबार भएका १३ वटै उपसमूहको शेयर मूल्यमा आज गिरावट देखिएको छ ।

विभिन्न कम्पनीका कूल ४० लाख ५३ हजार तीन सय ६८ कित्ता शेयर रु एक अर्ब १८ करोड ६६ लाख १८ हजार चार सय १० मूल्यमा खरिद बिक्री भए । कारोबारका आधारमा सोल्टी होटल शीर्ष स्थानमा छ । सो कम्पनीको रु तीन करोड ८८ लाख ८८ हजार एक सय छ मूल्य बराबरको शेयर कारोबार भयो । यस्तै आइएमइ लाइफ इन्स्योरेन्स रु तीन करोड ७६ लाख ४१ हजार नौ सय ४६, सिटी होटल रु तीन करोड ७४ लाख दुई हजार सात सय ८०, माछापुच्छ्रे बैंक रु तनि करोड ४९ लाख ६६ हजार तीन सय दुई र एभरेष्ट बैंक रु तीन करोड २३ लाख ४३ हजार सात सय ५४ बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भएका छन् ।

नेप्सेका अनुसार थ्री स्टार हाइड्रोपावरको शेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लागेको छ । यस्तै सिक्लेस हाइड्रोपावर पाँच दशमलव ५६, प्राइम बैंकको ऋणपत्र चार दशमलव शून्य तीन, बुद्धभूमि नेपाल हाइड्रोपावर एक दशमलव ९६ र सिटिजन म्युचुअल फण्ड दोस्रोको शेयर मूल्य एक दशमलव ९१ प्रतिशतले बढेको छ ।

यस्तै लिवर्टी इनर्जी रसिटी होटलको शेयर मूल्य १० प्रतिशतले ओरालो लाग्दा नकारात्मक सर्किट लागेको छ । ग्रीन भेञ्चर्स आठ दशमलव ७९, कुथेली बुखरी स्मल हाइड्रोपावर आठ दशमलव ३९ र सामलिङ पावर कम्पनीको शेयर मूल्य सात दशमलव २२ प्रतिशतले घटेको छ । रासस