७ आश्विन २०८१, सोमबार
,
Latest
संविधान कार्यान्वयन नहुनु नै संशोधनको आधार होः पूर्वप्रधानन्यायाधीश श्रेष्ठ अब देश सम्हाल्न गाह्रो छः वरिष्ठ उपाध्यक्ष मिश्र घुन्सा हेलिकप्टर दुर्घटनाको १८ वर्षः वातावरण संरक्षणका कार्यक्रम गरी स्मरण मुगु ६५औँ साक्षर जिल्ला ‘भेन्टिलेसन’को रड काटेर फरार भएका सात थुनुवा पक्राउ प्रधान सेनापति र फ्रान्सका राजदूतबीच भेट सुविधासम्पन्न मुलपानी क्रिकेट मैदान बनाउने प्रक्रिया अगाडि बढेको छ– राखेप सदस्यसचिव घिसिङ आर्थिक स्रोतको बहस गर्न आवश्यक छः उपाध्यक्ष पाण्डे अर्थमन्त्री पौडेल चीन प्रस्थान गर्दै काँग्रेस–एमालेले सत्ताका लागि संविधान संशोधनको कथा बनाएः अध्यक्ष दाहाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

जनतासँग माओवादी अभियान: सयवटा मुसा खाएर बिरालो तीर्थयात्रामा हिंडेथ्यो रे– बाबुराम भट्टराई



फाइल फोटो
अ+ अ-

काठमाडौँ । नेपाल समाजवादी पार्टीका अध्यक्ष डा बाबुराम भट्टराईले नेकपा (माओवादी केन्द्र) ले जनतालाई भ्रम छर्ने उद्देश्यले ‘जनतासँग माओवादी अभियान’ सुरु गरेको टिप्पणी गर्नुभएको छ ।

माओवादी केन्द्रले हिजो शनिबारदेखि देशभर ‘जनतासँग माओवादी अभियान’ सुरु गरेपछि सोमबार बिहानै सामाजिक सञ्जालमा स्टाटस राख्दै डा भट्टराईले विचार–आदर्श–मूल्यमान्यता–नैतिकताबाट पूरै स्खलन भई भ्रष्टाचार र अनियमततामा अनगिन्ती कीर्तिमान खडा गरेर राजनीतिक दलहरू गोहीका आँसु र फोस्रा गफ सहित फेरि जनतामाझ भ्रम छर्न हिँडेको बताउनुभएको छ ।

“सयवटा मुसा खाएर बिरालो तीर्थयात्रामा हिंडेथ्यो रे !”, उहाँले लेख्नुभएको छ, “केही पुराना दल र नेता राज्यसत्ताको चरम दोहनरभागबण्डा, कमिसनखोरी, शक्तिकेन्द्रहरूको दलाली, आसेपासेहरूको घिनलाग्दो जालो निर्माण, विचार–आदर्श–मूल्यमान्यता–नैतिकताबाट पूरै स्खलन, तडकभडक र विलासिता लगायतका दुष्कर्मका अनगिन्ती कीर्तिमान खडा गरेर अहिले फेरि गोहीका आँसु र फोस्रा गफसहित जनतामा भ्रम छर्न हिँड्नु उस्तै उस्तै भएन र ?”