• ८ असार २०८१, शनिबार
  •      Sat Jun 22 2024
  •   Unicode
Logo
Latest
★   मलाई प्रधानमन्त्रीबाट हटाउन सजिलो छैन – प्रधानमन्त्री दाहाल ★   भारतीय टोलीका ब्याट्सम्यानको प्रदर्शनबाट सन्तुष्ट छैनन् प्रशिक्षक ★   इटालीको डुङ्गा दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या ३४ पुग्यो ★   स्वदेशमा उत्पादन वृद्धि र रोजगारी सिर्जना गर्नु मुख्य प्राथमिकतामा – उपप्रधानमन्त्री श्रेष्ठ ★   युक्रेनको उर्जा पूर्वाधारमा रुसी आक्रमण ★   बजेटका कारण सत्ता साझेदार दलबीच समस्या नहुने ★   नेकपा एसको महाधिवेशनका लागि एक हजार आठ सय प्रतिनिधि छनोट ★   जङ्गली हात्तीको दारासहित तीन पक्राउ ★   तनहुँमा जङ्गली च्याउ खाएर बिरामी परेका एक जनाको मृत्यु ★   प्रहरीद्वारा एक करोडको सामान बरामद

गेटाफेमाथि रियल म्याड्रिडको रोमाञ्चक जित



एजेन्सी । स्पेनिस ला लिगा अन्तर्गत शनिबार साँझ भएको खेलमा रियल मड्रिडले गेटाफेमाथि रोमाञ्चक जित निकालेको छ ।

इन्ज्युरी समयमा इंग्लिस मिडफिल्डर जुड बेलिङ्घमले निर्णायक गोल गर्दै म्याड्रिडलाई रोमाञ्चक जित दिलाए । खेल १-१ को बराबरीमा रहेको अवस्थामा उनले गोल गरेका थिए ।

घरेलु मैदान कोलिसियम अल्फोन्सो पेरेजमा भएको खेलमा गेटाफेले खेलको ११औं मिनेटमा अग्रता लिएको थियो । गेटाफेको लागि रियल म्याड्रिडकै पूर्व खेलाडी बोर्जा मायोरालले गोल गरेका थिए ।

खेलको २३औं मिनेटमा गेटाफेका कारलेस अलेनाले बेलिङ्घमलाई लडाएपछि म्याड्रिडले पेनाल्टीको अपील गरेको थियो । तर भिडियो असिस्टेन्ट रेफ्रीले त्यसलाई पेनाल्टी दिएनन् ।

३२औं मिनेटमा लुका मोड्रीचको हेडर र ४०औं मिनेटमा जोसेलुको प्रयास गेटाफेका गोलरक्षक डेविड सोरयाले विफल पारे ।

दोस्रो हाफको सुरुवाती समयमा मोड्रिचको उत्कृष्ट क्रसमा जोसेलुले गोल गर्दै खेललाई १-१ को बराबरीमा ल्याए ।

५४औं मिनेटमा म्याड्रिडका टोनी क्रूस र ६५औं मिनेटमा ड्यानी कार्वाजालको प्रहार गोलपोस्टमा लागेर बाहिरियो ।

त्यसपछि खेलको अन्तिम समयमा गोल गर्दै म्याड्रिडले जित हात पार्यो । लुकास भास्केजले लिएको सट सोरीयाले समात्न नसक्दा बेलिङ्घमले सजिलै गाल गरे ।

जितसँगै म्याड्रिड चार खेलमा १२ अंक सहित तालिकाको पहिलो स्थानमा छ भने गेटाफे चार अंक सहित १४औं स्थानमा छ।