२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
राप्रपामा रहँदाका चार वर्ष मेरो राजनीतिक जीवनकै पीडादायी भएः डा. धवलशमशेर जबरा राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा हामी संसदीय व्यवस्थाका निर्माता हौँ, उपभोग गर्न मात्रै आएका होइनौँः एमाले प्रमुख सचेतक महर ‘डोनाल्ड ट्रम्प’ नाम दिइएको दुर्लभ एल्बिनो भैँसी ढाका चिडियाखानामा रु २१ खर्ब २४ अर्बको बजेटप्रति मिश्रित प्रतिक्रिया, कार्यान्वयन र राजस्व लक्ष्यमा देखिए प्रमुख चुनौती सगरमाथामा ६ दिन हराएर उद्धार गरिएका हिलारी दावा शेर्पा उपचारका लागि ह्याम्स अस्पतालमा भर्ना सरकारको ऊर्जा लक्ष्य बजेटले पूरा गर्न सक्दैनः दुलाल राप्रपाका १८३ जना नेता–कार्यकर्ताले सामूहिक रूपमा गरे पार्टी परित्याग कुशलको लगातार दोस्रो शतक सरकार सुशासन र द्रुत आर्थिक विकासको काममा प्रतिवद्ध छः परराष्ट्रमन्त्री खनाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

गेटाफेमाथि रियल म्याड्रिडको रोमाञ्चक जित



अ+ अ-

एजेन्सी । स्पेनिस ला लिगा अन्तर्गत शनिबार साँझ भएको खेलमा रियल मड्रिडले गेटाफेमाथि रोमाञ्चक जित निकालेको छ ।

इन्ज्युरी समयमा इंग्लिस मिडफिल्डर जुड बेलिङ्घमले निर्णायक गोल गर्दै म्याड्रिडलाई रोमाञ्चक जित दिलाए । खेल १-१ को बराबरीमा रहेको अवस्थामा उनले गोल गरेका थिए ।

घरेलु मैदान कोलिसियम अल्फोन्सो पेरेजमा भएको खेलमा गेटाफेले खेलको ११औं मिनेटमा अग्रता लिएको थियो । गेटाफेको लागि रियल म्याड्रिडकै पूर्व खेलाडी बोर्जा मायोरालले गोल गरेका थिए ।

खेलको २३औं मिनेटमा गेटाफेका कारलेस अलेनाले बेलिङ्घमलाई लडाएपछि म्याड्रिडले पेनाल्टीको अपील गरेको थियो । तर भिडियो असिस्टेन्ट रेफ्रीले त्यसलाई पेनाल्टी दिएनन् ।

३२औं मिनेटमा लुका मोड्रीचको हेडर र ४०औं मिनेटमा जोसेलुको प्रयास गेटाफेका गोलरक्षक डेविड सोरयाले विफल पारे ।

दोस्रो हाफको सुरुवाती समयमा मोड्रिचको उत्कृष्ट क्रसमा जोसेलुले गोल गर्दै खेललाई १-१ को बराबरीमा ल्याए ।

५४औं मिनेटमा म्याड्रिडका टोनी क्रूस र ६५औं मिनेटमा ड्यानी कार्वाजालको प्रहार गोलपोस्टमा लागेर बाहिरियो ।

त्यसपछि खेलको अन्तिम समयमा गोल गर्दै म्याड्रिडले जित हात पार्यो । लुकास भास्केजले लिएको सट सोरीयाले समात्न नसक्दा बेलिङ्घमले सजिलै गाल गरे ।

जितसँगै म्याड्रिड चार खेलमा १२ अंक सहित तालिकाको पहिलो स्थानमा छ भने गेटाफे चार अंक सहित १४औं स्थानमा छ।

 




भर्खरै