५ पुष २०८२, शनिबार
,
Latest
दश बुँदे घोषणापत्र जारी पत्रकार महासङ्घ गण्डकीको भेला सम्पन्न मारिएका बङ्गलादेशी विद्यार्थी नेताको अन्त्येष्टिमा दशौँ हजार शुभचिन्तक सहभागी साफ महिला च्याम्पियनसिपः एपिएफलाई हराउँदै इस्ट बङ्गाल विजयी गृहमन्त्री अर्यालद्वारा नुवाकोटस्थित केन्द्रीय कारागारको निरीक्षण विधि र प्रक्रिया पूरा गरेर महाधिवेशन हुनुपर्छ- नेता सिंह राजनीतिमा मिल्न बाँकी हिसाब ! ‘पार्टीलाई थप सुदृढ बनाउन एकताबद्ध भएर लाग्छौँ’ पत्रकारले आचारसहिंता पुर्ण रूपले गर्नुपर्नेमा जोड टेबलटेनिस प्रतियोगितामा रुविन र इभानालाई स्वर्ण ‘प्रदेश र स्थानीय तहलाई क्षेत्राधिकार हस्तान्तरण नहुँदा सङ्घीयता कमजोर बनेको छ’
तपाईं के खोज्दै हुनुहुन्छ ?

सेजनको अध्यक्षमा सुजन ओली निर्वाचित



अ+ अ-

काठमाडौँ । नेपाल आर्थिक पत्रकार समाज (सेजन)को अध्यक्षमा सुजन ओली निर्वाचित हुनुभएको छ ।

सेजनको सनिबार सम्पन्न २५औँ वार्षिक साधारणसभा तथा अधिवेशनबाट ओलीको नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित भएको हो ।

अध्यक्ष ओलीले ९९ मत ल्याउनुभएको छ । उहाँका प्रतिद्वन्द्वी शिरोमणि ढुङ्गानाले ९६ मत ल्याउनुभएको छ । सेजनको उपाध्यक्षमा विनय बन्जरा निर्वाचित हुनुभयो । सेजनको महासचिवमा विश्वास रेग्मी यसअघि नै निर्विरोध निर्वाचित हुनुभएको थियो । सचिवमा सोभित थपलिया र कोषध्यमा अच्युत पुरी निर्वाचित हुनुभएको छ ।

सदस्यमा केशु लामिछाने, हेमराज जोशी, वसन्तराज उप्रेती, ममता थापा र छवि सापकोटा निर्वाचित हुनुभएको छ । निर्वाचनमा कुल दुई सय ७१ मतमध्ये दुई सय ५२ मत खसेको थियो ।