२३ श्रावण २०८३, शनिबार
,
Latest
माङसेबुङका ११ विद्यालयमा लिम्बू र वान्तवा भाषा अनिवार्य झापामा मतदाता नामावलीमा नाम दर्ता गर्न राष्ट्रिय परिचयपत्रको प्रयोग बढ्दो लागुऔषधसहित विभिन्न स्थानबाट २० जना पक्राउ कर्णाली प्रदेशसभाः विपद् प्रतिकार्यसहित लागु औषध नियन्त्रण गर्न प्रदेश सरकारको ध्यानाकर्षण यस्तो छ आज विदेशी मुद्राको विनिमय दर देशभर मनसुनी वायुको प्रभाव, केही स्थानमा भारी वर्षाको सम्भावना तीन प्रज्ञा प्रतिष्ठानमा पदाधिकारी नियुक्त मध्यरातमा प्रधानमन्त्रीको स्टाटस ‘कहिलेकाहीँ एक्लै लड्नुपर्छ,यो पहिलोचोटि होइन’ पाकिस्तानका हिमालमा सुरक्षा सुनिश्चित नभए नेपाली आरोहीलाई रोक्नुपर्छ : आरोही परियार पोखरा सार्वजनिक पुस्तकालय ‘पोखरा घर’मा
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुरु भयो ऐतिहासिक १२ वर्षे रुद्रायणी मेला



अ+ अ-

ललितपुर । ललितपुरको खोकनामा लिच्छविकालीन इतिहास बोकेको १२ वर्षे रुद्रायणीदेवी मेला आजदेखि सुरु भएको छ । शुक्रबार देवीको पूजा गरेपछि आज शनिबार रुद्रायणीदेवीलाई मन्दिरभित्र गुप्तबास राखिएको छ ।

मेला सुरु हुने दिनमा राष्ट्रको सम्मानीय व्यक्तिलाई भेट्ने वा निमन्त्रणा गर्ने प्रचलन भएका कारण आज बिहान रुद्रायणी गुठी संस्थाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटेर मेलाबारे जानकारी गराएको छ ।

रुद्रायणीदेवी मेलाको अवसरमा फूलप्रसादसहित प्रधानमन्त्रीलाई गुठी संस्थानले भेटेपछि प्रधानमन्त्री प्रचण्डले १२ वर्षे मेलाको शुभकामनासहित ऐतिहासिक मेलाको संरक्षण गर्नु राज्यको जिम्मेवारी रहेको बताउनुभएको छ ।

मेला सुरु भएको दिनदेखि एक महिनासम्मका लागि देवतालाई मन्दिरभित्र ९गुप्तबास० राखिएको र एक महिनासम्म मन्दिरको ढोकासमेत नखोल्ने ललितपुर महानगरपालिका वडा नं २१ का वडाध्यक्ष रवीन्द्र महर्जनले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “यो एउटा ऐतिहासिक मेला भएका कारण खोकनावासीले देवताको निम्ति एक वर्षमा केही त्याग गर्नुपर्ने हुन्छ ।”

मेला सुरु भएदेखि एक महिनासम्म खोकनावासीले छालाजन्य वस्तु प्रयोग नगर्ने, घरदेखि बाहिर गएर बास नबस्ने, पाहुनाले पनि छालाजन्य वस्तु घरमा नल्याउने र पाहुनाले घरमा बास बस्न नमिल्ने, एक महिनासम्म कुनै पनि पूजाआज नगर्ने र एक वर्षसम्म खोखनावासीले बिहेसमेत गर्न नपाइने चलन रहिआएको छ ।

मेला सुरु भएको एक महिनासम्म खोकनावासीले कुनै पनि पूजाआज नगरे पनि एक महिनापछि रुद्रायणीदेवीलाई मन्दिरबाट बाहिर निकालेपछि एक वर्षसम्म पूजाआज गर्नुपर्ने हुन्छ । एक वर्षसम्म पूजा गरेपछि १२ वर्षे मेला सकिन्छ र फेरि अर्को १२ वर्षपछि सुरु हुने गर्छ ।रासस