५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बेतबाँसको सीपले अपाङ्गता भएका परिवारमा आयआर्जनको आशा News Polar कालीगण्डकी करिडोरकेन्द्रित पशुपालन प्रवर्द्धन News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै News Polar ‘ठूलो बाढी आउँदैछ’ भन्ने सूचना पत्याउन नसक्दा धेरै क्षति News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा

सामाजिक रुपान्तरणमा रङ्गमञ्चको मुख्य भूमिका छः उपप्रमुख डङ्गोल

सामाजिक रुपान्तरणमा रङ्गमञ्चको मुख्य भूमिका छः उपप्रमुख डङ्गोल
अ+ अ-

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका उपप्रमुख सुनिता डङ्गोलले हामीले हेरेका र देखेका सामाजिक रुपान्तरणदेखि राजनीतिक क्रान्तिसम्म रङ्गमञ्चको मुख्य भूमिका रहिआएको बताउनुभएको छ ।

नाट्यकर्मी महासङ्घ नेपालको दोस्रो केन्द्रिय महाधिवेशन उद्घाटन समारोहमा उहाँले समाजको यथार्थलाई कथाका माध्यमबाट दिशानिर्देश गर्न सक्ने बलियो आधारका रुपमा रङ्गमञ्च रहेको धारणा राख्नुभयो ।

उपप्रमुख डङ्गोलले भन्नुभयो, “जुन सन्देश बोली, बचन, लेखेर दिन सकिन्न, त्यो सन्देश नाटकको माध्यम्बाट बुलन्दरुपमा सजिलै दिन सकिन्छ, नेपाली समाजमा परम्परादेखि नै रङ्गमञ्चको बेग्लै विशिष्टता महत्व रहिआएको छ, रङ्गमञ्चले समाजलाई ऐना देखाइरहेको मात्र नभइ समाजको ऐना पनि बनिरहेको हुन्छ, समाजलाई आज हामी कुन बाटोमा लैजाँदै छौँ, भोलि कुन दिशातर्फ लग्ने हो भन्ने मार्गदर्शन गर्न पनि रङ्गमञ्चको विशिष्ट भूमिका हुन्छ ।”

नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति नारदमुनि हर्तम्छालीले सविधान र कानुनको मर्म र भावना अनुरुप सबै जातजाती एवं समुदायलाई सामाजिक रुपान्तरणका लागि सन्देश दिने ढङ्गबाट रङ्गमञ्चले सन्देश प्रवाह गर्न सक्नुपर्ने विचार प्रकट गर्नुभयो ।

नाट्यकर्मी महासङ्घ नेपालका पूर्वअध्यक्ष एवं वरिष्ठ नाट्यकर्मी विजय विस्फोटकले सडक र पूर्वाधार विकासले मात्र देशले समृद्धि प्राप्त गर्न कठिन हुने भएकाले बलियो नीति तथा विधि बनाएर कला र संस्कृतिको संरक्षण एवं विकासलाई संगसँगै लैजानुपर्ने आवश्यकतामा जोड दिनुभयो । महासङ्घका संस्थापक बैकुण्ठ भण्डारीले रङ्गकर्मीको पेसागत सुरक्षाका लागि मुख्य उद्देश्य बनाएर महासघ स्थापना गर्न परेको घटना सुनाउनुभयो ।

चलचित्र कलाकार सङ्घका अध्यक्ष मोहन निरौलाले रङ्गमञ्च मात्र नभइ सिनेमा क्षेत्रसमेत राजनीतिक भागबण्डामा परेकाले यस क्षेत्रको ओज र गरिमा धुमलिन हुन पुगेको विचार प्रकट गर्नुभयो । सिल्क रोड इन्टर नेशनल लिग अफ थिएटरका संस्थापक सदस्य दीपक सरकारले देशको पहिचानका रुपमा रहेका कला, सस्कृति, पहिचानसँग जोडिएका विषयवस्तुलाई रङ्गमञ्चका माध्यमद्वारा जीवन्त राख्ने कार्यलाई समाजका सबै क्षेत्रबाट सहयोग पु¥याउन जरुरी रहेको धारणा राख्नुभयो ।

प्रा डा रामचन्द्र पोखरेलले रङ्गमञ्च जीवनको पुर्नसिर्जना भएको टिप्पणी गर्नुभयो । अध्यक्ष राजेन्द्र रिमालले आगामी कार्यकालमा देशभित्र र बाहिरको नाटकसँग सम्बन्धित सङ्घसंस्था र व्यक्तिसँग समन्वय, सम्पर्क र सञ्जाल निर्माणलाई प्राथमिकतामा राखेर काम गर्न आवश्यक रहेको बताउनुभयो ।

मुलुकमा लोकतन्त्र र मानव अधिकारका लागि अग्रमोर्चामा रहेर काम गर्ने कलाकारको संस्थाकारुपमा विस २०६५ मा स्थापना भएको हो । कार्यक्रममा रङ्गमञ्च एवं संस्था स्थापनाका लागि विशिष्ठ योगदान पुर्याउने भण्डारी र विस्फोटकलाई सम्मान प्रदान गरियो । रासस