• २२ बैशाख २०८१, शनिबार
  •      Sat May 4 2024
  •   Unicode
Logo
Latest
★   सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीलाई विश्वासको मत लिनै कठिन, एमाले झन् रिसायो ★   डढेलो निभाउन सघाउने सिम्रिक एयरको प्रतिबद्धता ★   कोशी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा आज हुरीबतासको चेतावनी ★   अमिरिकी डिभीको नतिजा आज आउँदै, कसरी हेर्ने ? ★   विश्वकप खेल्न जाने नेपाली राष्ट्रिय क्रिकेट टोलीको बिदाइ (फोटो फिचरसहित) ★   आउँदो २०८४ साल सम्म एकीकृत समाजवादी र कलम चिन्ह रहन्छ कि रहदैन थाहा छैन: पूर्वमन्त्री… ★   भारतका प्रधान न्यायाधीश डा चन्द्रचुड नेपालमा ★   निराश हुनुपर्ने अवस्था छैन: अध्यक्ष ढकाल ★   अत्यावश्यक इन्टरनेट सेवा अवरुद्ध गरिए कारबाही हुन्छः दूरसञ्चार प्राधिकरण ★   सुदूरपश्चिम प्रदेशसभाको बैठक स्थगन

लथालिङ्ग सरकारी कार्यालय (फोटोफिचर)



रेडियो नेपाल परिसरमा झारपातले ढोकपछि ।

काठमाडौं । जनतालाई सहज र सरल रुपमा सेवा दिनु सरकारको कर्तव्य र जिम्मेवारी हो ।

जनताबाट उठाएको करले नै सरकार चल्छ । त्यसैले जनताप्रति सरकार उत्तरदायी हुनुपर्छ नै । अशक्त र अव्यवस्थित रहेका सरकारी कार्यालयबाट जनताले सहज, सरल र छिटो छरितो सेवा पाइन्छ भनेर कसरी आश गर्ने ? यस्तो अव्यवस्थित, फोहोर सरकारी कार्यालयहरु भइदिँदा दिनप्रतिदिन आम नागरिकहरुले सरकारी सेवा लिनबाट वञ्चित हुनुपरेको छ ।

सरकारी कार्यालय भनेपछि यसै त कुनैपनि काम गर्नको लागि दिनभरको माया मारेर जानुपर्छ, त्यसमाथि व्यवस्थित र सफा भएन भने सेवाग्राही जनताको अवस्था कस्तो होला ? यो आम मानिसको प्रश्न हो ? यस्तो समस्या बाहिरको त कुरै नगरौँ, देशको संघीय राजधानी काठमाडौंकै सरकारी कार्यालयहरुको हरिबिजोग छ । त्रिपुरेश्वरस्थित पशु सेवा व्यावसायी परिषद्को भवनमा वर्षेभेल पसेपछिको अवस्था हेर्नुहोस् वा रेडियो नेपाल परिसरमा झारपातले ढाकेपछिको अवस्था हेर्नुहोस् । सरकारले सरसफाई र व्यवस्थापनको लागि कर्मचारी पनि राखेको हुन्छ । तर उनीहरुले काम गरे/नगरेको निरीक्षण गर्नेहरु आफ्नै धुनमा मस्त हुन्छन् ।

त्यसैले नै सरकारी कार्यालय वरपर फोहोरको थुप्रो देखिएको छ । भन्सार विभागमा बिग्रेको डिजिटल सूचना बोर्डको अवस्था नियाल्नस् त, तपाई आफैँ छक्क पर्नुहुनेछ । गुठी संस्थान ललितपुरको जिर्ण भवनमा टेको लगाएको देख्न सकन्छ भने लोक बाजा संग्रालयको अवस्था फोटोमा हेर्नुहोस् । सरकार र सरकारी निकाय भएका संरचनाको संरक्षण होइन, लापरबाहीमै रमाएका छन् । सिंहदरवार अगाडि राखिएको तोपको कुनै महत्व नै छैन । लाग्छ सरकारबाटै सरकारी सम्पती तिरस्कृत छन् । घाँस उम्रिएर छेक्दासमेत कसैले त्यसमाथि ध्यान दिन आवश्यक ठानेका छैनन् ।

यस्तै संस्कृति, सम्पदा देखाएर विदेशी मुलुकहरु आर्थिकोपार्जन गरिरहेका छन् तर नेपाल आधुनिकताका नाममा भएका सांस्कृति सम्पदा, ऐतिहासिक महत्व बोकेका धरोहरका विषयवस्तुहरुको लापरबाही गरेर बस्छ । राष्ट्रिय सूचना आयोग परिसरमा फ्याँकिएको फोहोर, आन्तरिक राजश्व कार्यालय ललितपुरको जिर्ण साइन बोर्ड, यातयात कार्यालय एकान्तकुनामा च्यातिएको नागरिक बडापत्र, सहकारी विकास बोर्डको साइन बोर्ड जताततै सरकारी सम्पतीहरुको दुरुपयोग र हेलचेक्र्याँइ छ । फोटो न्युज एजेन्सी नेपाल

त्रिपुरेश्वरस्थित पशु सेवा व्यावसायी परिषदको भवनमा बर्षेभेल पसेपछि ।
भन्सार विभागमा विग्रेको डिजिटल सूचना बोर्ड ।
गुठी संस्थान ललितपुरको जीर्ण भवनमा टेको लगाएपछि ।

लोक बाजा संग्रालय ।
पुल्चोकस्थित श्री महलपरिसरमा फ्याकिएका पुराना मोटरसाइकल ।
सिंहदरवार प्लाजास्थित राष्ट्रिय विमा संस्थान परिसरमा फ्याकिएको सरकारी कागजात ।
रेडियो नेपाल परिसरमा झारपातले ढोकपछि ।
सहकारी विकाश बोर्डको साइन बोर्ड ।
सिंहदरवार अगाडि राखिएको तोप घाँसपातले ढोकपछि ।
राष्ट्रिय सूचना आयोग परिसरमा फ्याकिएको फोहोर ।
आन्तरिक राजस्व कार्यालय ललितपुरको जीर्ण साइन बोर्ड ।
थापाथलीस्थित सम्पदा क्षेत्रमा पुर्ननिर्माणका क्रममा बनाइएका झिगटी ।
यातयात कार्यालय एकान्तकुनामा च्यातिएको नागरिक बडापत्र ।