४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar भारतीय सीमा हुँदै महिला शोषणको घटनामा छानबिन अघि बढ्यो News Polar चिमखोला–घ्याँसीखर्क सडक अवरुद्ध News Polar एमाले केन्द्रीय सचिवालय बैठक च्यासलमा सुरु News Polar जटिल प्रसूति समस्या भएका दुई महिलाको रसुवाबाट हवाई उद्धार News Polar अन्तरविद्यालय बास्केटबल प्रतियोगिता सोमबारदेखि News Polar एमाले पुनःगठन कार्यदलको एकीकृत प्रतिवेदन तयार गरिँदै News Polar मधेसमा आत्महत्याका घटना बढ्दै News Polar विराजभक्त श्रेष्ठले लिए रास्वपा सचिवालय सदस्यको शपथ News Polar प्रधानन्यायाधीश शर्मा चीन प्रस्थान News Polar ‘ग्रे जोन’ रिपोर्टमा नाम जोडिएकाले जनतालाई स्पष्ट जवाफ दिनुपर्छ : महेश बस्नेत News Polar एमाले कार्यदलको प्रतिवेदनमा अध्यक्षको राजीनामा र नेतृत्वबाट हटाउने विषय छैन–सचिव बस्नेत News Polar एमाले कार्यदलको सर्वसम्मत प्रतिवेदन तयार, नेतृत्व पुनर्गठनको विषय समावेश छैन News Polar सञ्चारकर्मीमाथि ओलीको आक्रोश : ‘माइक ल्याएर मुखमा नघोच्नुस्’ News Polar इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर News Polar बाढी प्रभावितलाई चिनियाँ सहयोग News Polar नेपाली आईटी कम्पनीलाई अन्तर्राष्ट्रिय बजारसँग जोड्दै नास–आईटीको स्वीट्जरल्यान्डमा टेक रोडशो News Polar ‘सरकारले वातावरण बनाइदिए समयमै काम गर्न सकिन्छ–पूर्वाधार विकासलाई राज्यले गम्भीरतापूर्वक लिनुपर्छ’ News Polar ‘मधेसलाई द्वन्द्वको मैदान बन्न दिँदैनौँ, समाज जोड्न मेची–महाकाली पदयात्रा गर्छु’- सांसद सिंह News Polar भोटेकोशी बाढीः एक हजार ४३६ शव भेटिए News Polar सूर्य थापाले भने– ‘ओलीकै प्यानलबाट जितेकाले पुनर्गठन भन्न मिल्दैन

एसिया कपमा आज भारत र पाकिस्तान भिड्दै, वर्षा हुने सम्भावना

एसिया कपमा आज भारत र पाकिस्तान भिड्दै, वर्षा हुने सम्भावना
अ+ अ-

एजेन्सी । एशिया कप २०२३ को तेस्रो खेल आज भारत र पाकिस्तानबीच क्यान्डीमा हुँदैछ । खेल नेपाली समय अनुसार दिउँसो ३ः१५ बजे सुरु हुनेछ । टस दिउँसो २ः४५ बजे हुनेछ ।

पहिलो खेलमा पाकिस्तानले नेपाललाई पराजित गरेको थियो । अर्कोतर्फ भारतीय टोलीको यो पहिलो खेल हो । चार वर्षपछि एकदिवसीय क्रिकेटमा दुवै टोली आमनेसामने हुँदैछन् । यसअघि उनीहरुको अन्तिम भिडन्त २०१९ को विश्वकपमा भएको थियो ।

खेलको एक दिनअघि नै पाकिस्तानले प्लेइङ–११ घोषणा गरेको छ । भारतीय टोलीले भने प्लेइङ–११ टसको समयमा घोषणा गर्नेछ ।

वर्षा हुने ८४ प्रतिशत सम्भावना
विभिन्न मौसमी वेबसाइटका अनुसार शनिबार दिउँसो खेल हुने समयमा क्यान्डीमा बादल रहिरहनेछ । खेलको समयमा वर्षाको सम्भावना ८४ प्रतिशत छ ।

हेड टु हेड
भारत र पाकिस्तानबीच कुल १३२ ओडीआई खेलिएको छ । भारतले ५५ खेल जितेको छ भने पाकिस्तानले ७३ खेल जितेको छ । ४ खेल अनिर्णित रहे । यी दुई टोली अन्तिम पटक २०१८ को एकदिवसीय एसिया कपमा भिडेका थिए । त्यसपछि उनीहरूबीच २ खेल खेलियो र दुवै पटक भारतले जित्यो ।

श्रीलंकामा एसिया कपको दौरान भारत र पाकिस्तान तीन पटक भिडेका छन् । दुवैले एक–एक पटक खेल जितेका थिए । जबकि एक खेल वर्षाका कारण अनिर्णित रह्यो ।

पछिल्लो पटक दुवै टोली सन् २०१० मा डम्बुलाको मैदानमा भेटेका थिए । यो खेल भारतले एक बल बाँकी रहँदै ३ विकेटले जितेको थियो । यसअघि सन् २००४ मा कोलम्बोमा भएको खेल पाकिस्तानले ५९ रनले जितेको थियो । दुवै टोली पहिलो पटक क्यान्डीमा एकदिवसीय क्रिकेटमा आमनेसामने हुँदैछन् ।

भारतका शुभमन गिल सन् २०२३ मा एकदिवसीय क्रिकेटमा भारतका लागि सर्वाधिक रनस्कोरर बनेका छन् । जबकि कुलदीप यादव सर्वाधिक विकेट लिने बलर हुन् ।

अर्कोतर्फ पाकिस्तानका कप्तान बाबर आजमका लागि यो वर्ष उत्कृष्ट रह्यो । उनले १२ एकदिवसीय खेलमा ६८९ रन बनाएका छन् । उनीपछि कप्तान फखर जमान रहेका छन् ।

पिच कस्तो छ ?
यहाँको पिच ब्याटिङका ​​लागि राम्रो छ । यहाँ पहिलो इनिङ्सको औसत स्कोर २५० रन रहेको छ । पिच सिम बलरका लागि सुरुमा सहयोगी हुन सक्छ । यसले खेल अघि बढ्दै जाँदा स्पिन बलरहरूलाई पनि मद्दत गर्नेछ ।