४ आश्विन २०८१, शुक्रबार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

मलयालम अभिनेत्री अपर्णा नायरको मृत्यु, झुण्डिएको अवस्थामा शव फेला



अ+ अ-

ऐजेन्सी । मलयालम अभिनेत्री अपर्णा नायरको निधन भएको छ । उनको शव झुण्डिएको अवस्थामा फेला परेको थियो । प्रारम्भिक दृष्टिले यो आत्महत्या नै भएको देखिन्छ । यो घटना बिहीबार साँझ ७ः४५ बजेको हो । त्यतिबेला अपर्णाको घरमा अपर्णाकी आमा र बहिनी थिए ।

अपर्णालाई हतार हतार अस्पताल लगियो । त्यहाँ चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए । अस्पतालले नै स्थानीय प्रहरीलाई फोन गरेर घटनाबारे जानकारी गराएका थिए । हाल प्रहरीले उजुरी दर्ता गरेको छ । अपर्णा जम्मा ३१ वर्षकी थिइन् । उनी केरलाको तिरुवनन्तपुरमकी बासिन्दा थिइन् । उनका दुई छोरी छन् ।

अपर्णा नायर मलयालम टिभी जगतकी चर्चित अभिनेत्री थिइन् । उनले मैथिली विन्दुम वरुम, देवस्पर्शम, आत्मसाखी र चन्दनमाजा जस्ता टिभी सिरियलहरूमा काम गरिन् । उनले केही चलचित्र पनि गरिन् । उनले थट्टाथिन मरायाथु, जोशीको रन बेबी रन र मल्लु सिंह जस्ता फिल्ममा काम गरेकी थिइन् ।