८ श्रावण २०८३, शुक्रबार
,
Latest
सुनचाँदीको मूल्य घट्यो विद्युत् मर्मतका क्रममा करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु आणविक पनडुब्बीमा अस्ट्रेलियाको थप लगानी स्वास्थ्य बीमा बोर्डद्वारा २०८२ पुससम्म २५ अर्बभन्दा बढी दाबी भुक्तानी निर्यात प्रवर्द्धनका चुनौतीबारे प्रधानमन्त्री शाहले उद्योगीसँग छलफल गर्ने एचसीसीएनको डीनमा सुरज वैद्य निर्वाचितः आर्थिक कुटनीति र लगानी प्रवर्द्धनलाई प्राथमिकता दिने घोषणा आर्थिक कुटनीति र वैदेशिक लगानी अभिवृद्धिमा सक्रिय हुन अवैतनिक वाणिज्यदुतहरूलाई परराष्ट्रमन्त्रीको आग्रह प्रधानमन्त्री शाह निर्यात प्रवर्द्धनबारे व्यवसायीसँग छलफल गर्नुहुँदै लाल सागरमा साउदी अरबका दुई तेल ट्याङ्करमाथि आक्रमण गरेको हुथी समूहको दाबी थाइल्याण्डमा सुरक्षा चेकपोइन्टमा आक्रमणः ५ सैनिकको मृत्यु, ६ सर्वसाधारण घाइते
तपाईं के खोज्दै हुनुहुन्छ ?

रिंकु सिंहले फेरि सम्झाए आईपीएलको चमत्कार, सुपर ओभरमा लगातार ३ छक्का हान्दै जिताए



अ+ अ-

एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपीएल)मा लगातार पाँच छक्का प्रहार गरेर कोलकाता नाइट राइडर्सलाई जिताउने रिंकु सिंहले यूपी टी–२० लिगमा पनि चमत्कार गरेका छन् ।

सुपर ओभरमा उनले लगातार तीन छक्का प्रहार गरेर आफ्नो टोलीलाई जित दिलाए र त्यसपछि चर्चामा आए । यसअघि आयरल्याण्डविरुद्धको टी–२० खेलमा पनि उनले अन्तिम ओभरमा उत्कृष्ट ब्याटिङ गर्दै भारतलाई राम्रो स्कोरमा पुर्‍याउन महत्वपूर्ण योगदान पुर्याएका थिए ।

युपी टी–२० लिगको खेलमा रिंकुको टोली मेरठ मार्भिक्सले काशी रुद्रसँग खेल्दै थियो । पहिले ब्याटिङ गरेको मेरठको टोलीले २० ओभरमा चार विकेट गुमाएर १८१ रन बनाएको थियो । मेरठका लागि माधव कौशिकले सर्वाधिक ८७ रन बनाए । उनले ५२ बलमा नौ चौका र चार छक्का प्रहार गर्दै विस्फोटक पारी खेले ।

रिंकुले २२ बलमा १५ रनको स्लो इनिङ खेले । तर, १८२ रनको लक्ष्य पछ्याएको काशी रुद्रको टोलीले सात विकेट गुमाएर १८१ रन मात्रै बनाउन सक्यो र खेल बराबरी भयो । यस्तो अवस्थामा खेलको नतिजा सुपर ओभरबाट टुंगिएको थियो ।

सुपर ओभरमा पहिले ब्याटिङ गरेको काशीको टोलीले १६ रन बनाएको थियो । कर्ण शर्माले पाँच बल खेल्दै एक चौका र एक छक्काको सहयोगमा १० रन बनाए । सोही क्रममा मोहम्मद शरिमले अन्तिम बलमा छक्का प्रहार गर्दै काशीको स्कोर १६ रनमा पुर्याए । मेरठले दिएको १७ रनको लक्ष्य पछ्याउन क्रिजमा रिंकु सिंह र दिव्यांश आए । २२ बलमा १५ रन बनाएका रिंकुलाई विश्वास गर्दै टिमले स्ट्राइकमा पठायो । उनले पहिलो बलमा कुनै रन बनाउन सकेनन् ।

तर, त्यसपछि उनले लगातार तीन बलमा छक्का हाने र दुई बल बाँकी रहँदै आफ्नो टोलीलाई जित दिलाए । उनको इनिङले सबैलाई आईपीएल खेलको सम्झना गरायो जसमा उनले कोलकाता नाइट राइडर्सका लागि खेल्दै गुजरातविरूद्ध यश दयालको अन्तिम ओभरको अन्तिम पाँच बलमा पाँच छक्का प्रहार गरेर आफ्नो टोलीलाई ऐतिहासिक जित दिलाएका थिए ।