• १२ असार २०८१, बुधबार
  •      Wed Jun 26 2024
  •   Unicode
Logo
Latest
★   भेडीगोठले बुकीमा चहलपहल, बेंसी सुनसान ★   एसिया कप खेल्ने नेपाली टोलिको घोषणा ★   मनीताले पेरिस ओलम्पिक खेल्ने ★   इच्छाकामना गाउँपालिकाद्वारा तीनवटा कृषि एम्बुलेन्स सञ्चालन ★   अन्य थप ऐन संशोधनलाई प्राथमिकता दिन काँग्रेसलाई निजी क्षेत्रको सुझाव ★   नारायणगढ–मुग्लिन सडकमा पहिरो पन्छाउन उपकरण ★   कला, संस्कृतिसहितको पहिचान नै भावी पुस्ताको महत्वपूर्ण सम्पत्ति होः राष्ट्रपति पौडेल ★   स्वस्तिमा–साम्राज्ञीको अभिव्यक्ति गैर जिम्मेवारपूर्णः चलचित्र कलाकार संघ ★   नेपाल आँखा अस्पतालमा स्वास्थ्य बीमा सेवा लागू हुने ★   एकीकृत समाजवादीको अध्यक्षमा झलनाथ खनालले घनश्यामलाई सहयोग गर्ने

क्यान्सरपीडित लोकप्रिय श्लोक वाचिका सरु गुरागाईंको उपचार अमेरिकामा हुँदै



काठमाडौँ । मीठो शैलीमा छन्द कविता र श्लोक वाचन गरेर ख्याति कमाएकी सरु गुरागाईंलाई घाँटीको क्यान्सर भएको छ ।स्पाइनल कर्डमा समस्या देखिएपछि विगत एक वर्षदेखि उपचाररत गुरागाइलाई हालैमात्रै क्यान्सर पहिचान भएको हो ।

बिहीबारमात्र थाइराइडको शल्यक्रिया गराएकी उनी अहिले ‘रिकभरी’ को चरणमा रहेको बताइएको छ । पारिवारिक स्रोतका अनुसार स्वास्थ्य परीक्षणको सबै रिपोर्टहरू आइसकेपछि थप उपचारविधिबारे टुंगो लाग्नेछ । घाँटी वरिपरीको लिम्फ नोडहरूमा फैलिएको अवस्थामा क्यान्सर पहिचान भएको थियो ।

गुरागाइ परिवारसहित  हाल अमेरिकाको केन्टकी राज्यको लेक्जिनटनमा वसोवास गर्देआउनु भएको छ । गुरागाईं दम्पत्तिका ७ वर्ष र २२ महिनाका दुई सन्तान छन् । नेपालमा इलाम घर भएका उनीहरू १५ महिनादेखि अमेरिकामा बस्न थालेका हुन् । सरुले अमेरिकाबाटै छन्द कविताका अडियोहरू बनाएर युट्यूबमा हाल्ने गरेकी थिइन् ।

आदिकवि भानुभक्त आचार्यको रामायणका श्लोकहरू वाचन गरेर युट्यूबमा धारावाहिक प्रसारण गरेपछि उनलाई धेरैले चिनेका हुन् । उनी महिला र वृद्धवृद्धाहरुबीच बढी लोकप्रिय छिन् । एक वर्षदेखि स्वास्थ्यमा समस्या देखिएपछि उनको कविता वाचन अवरुद्ध बनेको छ ।

सरुका श्रीमान् मुरारी गुरागाईंले पत्नीको स्वास्थोपचारका लागि आर्थिक सहयोगका लागि अपील गरेका छन् । उनले गो फन्डमी मार्फत रकम सहयोग गर्न आग्रह गर्दै लेखेका छन्,

हाम्रा आदरणीय दर्शक श्रोताहरू तथा हजुरहरू जो यो संदेश पढिरहनुभएको छ, मा नमस्कार । नेपालदेखि अमेरिकाको बसाइँसराइका क्रममा विगत लामो समयदेखि यहाँहरूसँग जोडिन पाएका थियौँ। विगत केही समयदेखि हजुरहरु सामु प्रत्यक्ष र परोक्षरूपमा आफ्ना प्रस्तुतिहरूका साथ आउन नसकेकोमा यहाँहरूले चासो र चिन्ता व्यक्त गरिरहनुभएको छ। यसको कारणसहित एउटा अलि नरमाइलो समाचार लिएर प्रस्तुत भएको छु ।

मेरी जीवनसङ्गीनी, बच्चाहरू (वर्ष ७ र २२ महिना) की आमा, यहाँहरूकै प्रिय रामायण वाचिका तथा छन्द कविता वाचिका सरू गुरागाईं विगत एक वर्षदेखि हाडजोर्नी सम्बन्धी समस्याको उपचार गराइरहेको अवस्थामा हाल क्यान्सर जस्तो प्राणघातक रोगसँग जुधिरहेकी छिन् । यस्तो असहज र अकल्पनीय परिस्थिति जसको कारणले उनको अति प्रिय छन्दकविता वाचनको काम पूर्ण रूपमा रोक्किएको छ । शीघ्रातिशीघ्र पूर्ववत् अवस्थामा फर्किएर पुन: आफ्ना प्रस्तुतिहरू यहाँहरू समक्ष लिएर आउने हाम्रो अभिलाषा र यहाँहरूको अनुरोध पूरा गर्न हामी हजुरहरूसमक्ष सहयोगको अपील गर्नको निम्ति बाध्यात्मक परिस्थिति सिर्जना भएको छ।

पुन: मीठा मीठा छन्द कविताहरू श्रवण गर्न सरू गुरागाईंको शीघ्र स्वास्थ्य उपचार र स्वास्थ्यलाभको निमित्त यहाँहरूबाट प्राप्त हुने सहयोग, सद्भाव र शुभेक्षाका प्रति अनुग्रहित् छौँ रहुने छौँ ।

मुरारि गुरागाईं