१ आश्विन २०८३, बिहीबार
,
Latest
चिलिमेमा फेला परेका पाँच कर्मचारीको शव परिवारजनलाई हस्तान्तरण ‘द ग्रे जोन’को रिपोर्टबारे सरकारले जवाफ देओस्ः एमाले सांसद पोखरेल चिनियाँ रक्षामन्त्रीसँग प्रधान सेनापति सिग्देलको भेट मेलम्ची खानेपानी आयोजनाका प्रभावित नागिरकसँग गरिएको सम्झौता कार्यान्वयन गर्न नेकपाद्वारा सरकारको ध्यानाकर्षण संविधान दिवस भव्य रूपमा मनाउन एमालेको मातहतका कमिटीलाई निर्देशन जनता भोकमरीमा पर्न थाले, सिंहदरबारको खरानीमा घुँडा टेकेको हो सरकार ?: सांसद बराल भोटेकोशी बाढी : संसदीय विशेष समिति गठनमा जुटेन सहमति अपमान र घृणामाथि उभिएको कांग्रेसको महलमा बस्न सक्दिनँ: डा. शेखर कोइराला भ्रष्टाचार नियन्त्रणमा अख्तियारले संवैधानिक दायित्व प्रभावकारी बनाउनुपर्छ : राष्ट्रपति पौडेल कर्णाली प्रादेशिक अस्पतालमा तत्काल न्यूरोलोजिस्ट र कार्डियोलोजिस्ट चिकित्सक व्यवस्था गर्न सांसद खड्काको माग
तपाईं के खोज्दै हुनुहुन्छ ?

१० लाख बढी नगदको कृषि प्रतियोगिता हुँदै



अ+ अ-

काठमाडौं । महानायक राजेश हमालले सरकारले कृषिलाई प्राथमिकतामा राखेर अघि बढेमात्रै देश विकास सम्भव रहेको बताउनुभएको छ ।

बिहीवार काठमाडौं आयोजित रेभुलुसनरी एग्रिकल्चर वार (रअ) घोषणा कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले नेपाललाई विकास गर्नु छ भने सम्पन्न बनाउनु छ भने एग्रिकल्चरलाई नै प्राथमिकतामा राख्नुपर्ने बताउनु भयो । उहाँले कृषिबाट मात्रै देशलाई विकासतर्फ लैजान सकिने बताउनु भयो । नेपालको क्षेत्र, इतिहास, परम्परा, संस्कृति सुहाउँदो भनेकै कृषि क्षेत्र भएकाले अन्य राष्ट्रको मोडल हेरेर नेपाल सम्पन्न बन्न नसक्ने बताउनु भयो । नेपालले विश्वमा आफ्नो स्थान बनाउनु छ भने कृषिलाई नै प्राथमिकतामा राखेर अघि बढ्नुपर्ने बताउनु भयो । आधुनिकताको नाममा पुराना संस्कृतिलाई मास्ने काम भइरहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘किसान र कृषि प्राविधिकले भाग लिन पाउने, किसानले किसानसँगै र प्राविधिक प्रतिष्पर्धीले प्राविधिक प्रतिष्पर्धीहरुसँगै प्रतिष्पर्धा गर्नेछन् । युवा पुस्ताले कृषि क्षेत्रमा देखाएको चासोले राम्रो लागेको छ । नेपालमा नेपाललाई विकास गर्नु छ, सम्पन्न बनाउनु छ भने एग्रिकल्चरलाई नै प्राथमिकतामा राख्ने हो । त्यसैबाट हामीले देशलाई विकासतिर लैजान सक्छौँ । किनभने हाम्रो क्षेत्र, इतिहास, परम्परा, संस्कृति सुहाउँदो भनेकै कृषि क्षेत्र हो । अन्य राष्ट्रको मोडल हेरेर नेपाल सम्पन्न बन्न सक्दैन । नेपालले आफ्नो स्थान विश्वमा बनाउनु छ, समृद्ध बनाउनु छ भने एग्रिकल्चर नै एउटा माध्यम हो । सयौँ वर्षसम्म एउटै जनजीवन थियो तर यो ३० वर्षमा धेरै परिवर्तन भयो, आधुनिकताको नाममा राम्रा कुराहरु बिर्सिएका छौँ । जगैदेखि उखालेर फालेका छौँ ।’

कृषक र कृषि प्राविधिकहरुको यो प्रतियोगिता नेपालमै पहिलो पटक भएको हो । जसलाई दुई भागमा विभाजन गरिएको छ । १६ औं एपिसोडसम्म रअ कार्यक्रम चल्नेछ । जसमा कृषि प्राविधिकहरुको छुट्टै र कृषकहरुबीच छुट्टै प्रतिष्पर्धा हुनेछ । कार्यक्रम सञ्चालन महानायक राजेश हमालले गर्नुहुनेछ । दुवैतर्फ एक/एक विजेता चयन हुनेछन् । विजेताले १० लाख भन्दा बढी नगद पाउनुहुनेछ । त्यस्तै कार्यक्रम कुन टेलिभिजनबाट प्रशारण हुने भन्ने टुंगो लागि नसकेको भएपनि माघबाट प्रतिष्पर्धा शुरु हुने आयोजकले जनाएको छ ।