काठमाडौं । नेपालका यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक (एलजीवीटीआई) समुदायले विभेदरहित समाज निर्माण र समान अधिकारको माग राख्दै बिहीवार काठमाडौंमा आयोजना गरेको ‘नेपाल गौरव यात्रा तथा गाईजात्रा उत्सव’ प्रदर्शन गरेका छन् ।
उनिहरूले वसन्तपुरदेखि टुँडिखेलसम्म ‘गौरव यात्रा’ पनि गरेका छन् । सिमान्तकृत यौनिक अभिमुखीकरण, लैंगिक पहिचान तथा यौनिक विशेषता भएका व्यक्तिहरूको गौरव यात्रा गरिएको हो ।
यात्रामा सहभागीले ‘आफ्नो पहिचान गलत होइन’ भन्दै विभिन्न भाषामा लेखिएको प्लेकार्ड प्रदर्शन गरेका थिए । अंग्रेजी पात्रोअनुसार जुन महिनालाई ‘प्राइड मन्थ’ अर्थात् ‘गौरवको महिना’ मानिन्छ । यो महिनामा लैंगिक तथा यौनिक अल्पसंख्यकहरूले विभिन्न कार्यक्रमको आयोजना गर्ने गर्छन् ।
यौनिक अल्पसंख्यकहरूको संस्था समूह ब्लु डाइमन्ड सोसाइटी ९निलहीरा समाज० ले काठमाडौंको टुँडिखेलमा प्राइड कन्सर्ट आयोजना गरेको थियो । उनीहरु विभिन्न भेषभूषामा सजिएर कार्यक्रममा सहभागी थिए ।
उक्त कार्यक्रममा विभिन्न कलाकारहरुले प्रस्तुती पनि दिएका थिए । कार्यक्रममा थुप्रै यूवा–यूवतीहरुको पनि सहभागी रहेको थियो ।
यसै महिना विश्वका विभिन्न देशमा प्राइड परेड आयोजना गर्ने गरिएको छ ।
तस्वीरः भेषराज कार्की/रासस /अमेरिकी दूताबासको फेसबुकबाट