• २ असार २०८१, आईतवार
  •      Sun Jun 16 2024
  •   Unicode
Logo
Latest
★   निर्वाचन आयोगको आयुक्तमा कृष्णमान प्रधान सिफारिस ★   टी-२० विश्वकप खेल्ने राष्ट्रिय खेलाडीलाई जनही १३ लाख पुरस्कार ★   पदयात्रा गरी बिदा मनाउने स्थलका रुपा परिचित हुँदै वाग्द्वार ★   सरकारले केही व्यापारिक घरानाले कर छल्न सक्नेगरी बजेट ल्यायो: डा. आरजु राणा ★   सलमान खानको अपार्टमेन्ट बाहिर फाईरिङ​ भएको घटनामा थप एक जना पक्राउ ★   प्रधानमन्त्रीसँग सिपिपिसिसीका उपाध्यक्षको शिष्टाचार भेट ★   मुलुक बाहिर बसेर आर्जन गरेको ज्ञान, सीप र पुँजी नेपाल भित्र्याउन गैर आवासीय नेपालीलाई महासंघ… ★   नर्वेद्वारा युक्रेनलाई १० करोड ३० लाख डलर सहयोग ★   मेलाबाट भएको आम्दानीबाट पर्यटन पूर्वाधार निर्माण ★   गजुरीदेखि चौतारा जोड्ने सडक कालोपत्र सुरु

यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकहरूको मागसहित गौरव यात्रा तथा गाईजात्रा -फोटो फिचर



काठमाडौं । नेपालका यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक (एलजीवीटीआई) समुदायले विभेदरहित समाज निर्माण र समान अधिकारको माग राख्दै बिहीवार काठमाडौंमा आयोजना गरेको ‘नेपाल गौरव यात्रा तथा गाईजात्रा उत्सव’ प्रदर्शन गरेका छन् ।

उनिहरूले  वसन्तपुरदेखि टुँडिखेलसम्म ‘गौरव यात्रा’  पनि गरेका छन् । सिमान्तकृत यौनिक अभिमुखीकरण, लैंगिक पहिचान तथा यौनिक विशेषता भएका व्यक्तिहरूको गौरव यात्रा गरिएको हो ।

यात्रामा सहभागीले ‘आफ्नो पहिचान गलत होइन’ भन्दै विभिन्न भाषामा लेखिएको प्लेकार्ड प्रदर्शन गरेका थिए । अंग्रेजी पात्रोअनुसार जुन महिनालाई ‘प्राइड मन्थ’ अर्थात् ‘गौरवको महिना’ मानिन्छ । यो महिनामा लैंगिक तथा यौनिक अल्पसंख्यकहरूले विभिन्न कार्यक्रमको आयोजना गर्ने गर्छन् ।

यौनिक अल्पसंख्यकहरूको संस्था समूह ब्लु डाइमन्ड सोसाइटी ९निलहीरा समाज० ले काठमाडौंको टुँडिखेलमा प्राइड कन्सर्ट आयोजना गरेको थियो । उनीहरु विभिन्न भेषभूषामा सजिएर कार्यक्रममा सहभागी थिए ।

उक्त कार्यक्रममा विभिन्न कलाकारहरुले प्रस्तुती पनि दिएका थिए । कार्यक्रममा थुप्रै यूवा–यूवतीहरुको पनि सहभागी रहेको थियो ।

यसै महिना विश्वका विभिन्न देशमा प्राइड परेड आयोजना गर्ने गरिएको छ ।

तस्वीरः भेषराज कार्की/रासस /अमेरिकी दूताबासको फेसबुकबाट

??????? ????? ??? ??????? ???????????(??????????) ???????? ????????? ???? ??????? ? ???? ???????? ??? ?????? ??????? ?????????? ?????? ????? ‘????? ???? ?????? ??? ????????? ?????’ ?? ????????? ? ??????? ?????? ??????÷????
??????? ????? ??? ??????? ???????????(??????????) ???????? ????????? ???? ??????? ? ???? ???????? ??? ?????? ??????? ?????????? ?????? ????? ‘????? ???? ?????? ??? ????????? ?????’ ?? ????????? ? ??????? ?????? ??????÷????