७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar फ्लाई दुबईको जहाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण News Polar आर्थिक विकासमा लघु, घरेलु तथा साना उद्योगको विकास अपरिहार्य: अर्थमन्त्री डा वाग्ले News Polar पत्रकारिताको व्यावसायिकता र संस्थागत गरिमा जोगाउन आत्मसमीक्षा आवश्यक छः सञ्चारमन्त्री डा तिमिल्सिना News Polar ‘सीप तथा रोजगार मेला’मा भाग लिने प्रत्येक युवाले आफ्नो भविष्यको स्पष्ट मार्गचित्र भेट्टाउन सकोस् भन्ने उद्देश्य हो – युवा,श्रम तथा रोजगार मन्त्री यादव News Polar कार्यवाहक प्रधानमन्त्री वाग्ले र कृषि मन्त्री चौधरीबीच भेटवार्ता News Polar मन्त्री बादी र आइएफआरसी क्षेत्रीय निर्देशकबीच भेट News Polar बिपी राजमार्गको ट्रयाकको काम केही दिन स्थगित गरिने News Polar कांग्रेसका ५१२ पालिकामा अधिवेशन, बाँकी २४१ मा असोज ८ र ९ गते जारी रहने News Polar १८ वर्ष नपुगेकालाई कांग्रेसको सदस्यता नदिइने, सुजल चापागाईँको क्षेत्रीय प्रतिनिधि जिम्मेवारी स्थगित News Polar अध्यक्षमाथि मात्रै दोष नथोपरी एमाले एकढिक्का भएर चुनावमा जानुपर्छ : सूर्य थापा News Polar एमाले एकढिक्का भएर सरकारका गलत कामविरुद्ध उभिनुपर्छ : बडाल News Polar भोटेकोशी बाढीले क्षतिग्रस्त पिमलटार–जागाराम झोलुङ्गे पुल पुनः सञ्चालन News Polar भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँदै News Polar रैथाने बाली सङ्कटमा News Polar महामारीजन्य पशुरोग नियन्त्रणका लागि नयाँ कानुनी ढाँचा आवश्यक : मन्त्री चौधरी News Polar अण्डाको मूल्य बढ्यो News Polar प्रमुख प्रतिपक्षका रूपमा कांग्रेस थप जिम्मेवार र परिपक्व बन्नुपर्छ : प्रदीप पौडेल News Polar नाडा र भन्सार विभागबीच रसुवा बाढीबाट अटोमोबाइल क्षेत्रमा परेको क्षतिबारे छलफल News Polar प्रधानमन्त्रीको संयुक्त राष्ट्रसंघ भ्रमणः दलहरूसँग परामर्श र प्रोटोकल पालनामा प्रतिपक्षको असन्तुष्टि News Polar नेतृत्वको वास्तविक महानता पदमा अनन्तसम्म टिकिरहनुमा होइन

बुद्धि, विवेक पुर्‍याएर काम गर्न नगरप्रहरीलाई मेयर बालेन्द्र साहको निर्देशन

बुद्धि, विवेक पुर्‍याएर काम गर्न नगरप्रहरीलाई मेयर बालेन्द्र साहको निर्देशन
file photo
अ+ अ-

काठमाडौँ । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साहले बुद्धि, विवेक पुर्‍याएर काम गर्न नगर प्रहरी बललाई निर्देशन दिनुभएको छ ।

बिहीवार महानगरपालिकाको नगर प्रहरी बलको स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख साहले बुद्धि, विवेक पुर्‍याएर काम गर्न प्रहरीलाई निर्देशन दिनुभएको हो ।

उहाँले संवेदनशील हुनुपर्ने ठाउँमा संवेदनशील भएर काम गर्न पनि आग्रह गर्नुभयो । उहाँले नगर प्रहरीलाई हिम्मतले काम गर्न पनि आग्रह गर्नुभयो । प्रमुख साहले नगर प्रहरीले कुनैपनि प्रकारको नातावाद, कृपावाद र राजनीतिक दबाबबिना काम गरिरहेको उल्लेख गर्दै यसप्रति महानगरपालिकाको सबै जनप्रतिनिधि खुशी भएको बताउनु भयो ।

उहाँले महानगरपालिकाले १५० रोपनीभन्दा बढी सार्वजनिक जग्गा संरक्षण गर्न सफल भएको, पार्किङ व्यवस्थापनमा लागेको र अवैधानिक संरचनाहरु हटाएर सुशासन कायम गराउन लागेको उल्लेख गर्दै यस काममा नगरप्रहरीको भुमिकाको प्रशंसा गर्दै धन्यवाद व्यक्त गर्नुभयो । काठमाडौं महानगरपालिकाको कामले देशभर नै त्यस प्रकारको निर्णय गराउन सफल भएको पनि उहाँले बताउनु भयो ।

उहाँले भन्नुभयो – ‘काठमाडौं महानगरपालिका क्षेत्रभित्र रहेका सार्वजनिक जग्गालाई संरक्षण गर्ने क्रममा १५० रोपनी भन्दा बढी सार्वजनिक जग्गा संरक्षण गर्न सफल भएकोमा तपाईहरुलाई धन्यवाद दिन चाहन्छु । काठमाडौं महानगरपालिकाका सबै क्षेत्रहरुमा पार्किङको व्यवस्थापन गर्न नगर प्रहरी लागिपरेको थियो । साथसाथै सुशासनको क्रममा अवैधानिक व्यापारहरु, अवैध संरचनाहरु हटाएर देशमा सुशासन ल्याउनलाई एउटा सिम्बोलको रुपमा नगरप्रहरीले काठमाडौंबाट सुरु गरेर देशभरी नै यो कुरा निर्णय गर्न सफल हुनुभएको छ । तपाईहरुले देशलाई नै उदाहरण दिन सक्षम हुनुभएको छ ।’

‘त्यसको लागि पनि धेरै धेरै धन्यवाद दिन चाहान्छु । एउटा मात्रै व्यक्तिमा बुद्धि–विवेक, इमान्दारिता र हिम्मत तिनवटै गुण भएको खासै पाइदैनँ । यो तिनवटै गुण राखेर काठमाडौं महानगरपालिकाका नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले भुमिका निभाउनुभएकोमा पनि धेरै धेरै धन्यवाद दिन चाहन्छु । साथसाथै नगर प्रहरी बलले बुद्धि–विवेक पुर्‍याउनुपर्ने ठाउँमा बुद्धि–विवेक पुर्‍याउनुहोला । संवेदनशील हुनुपर्ने ठाउँमा संवेदनशील पनि भइदिनु होला । हिम्मतले काम गर्नुपर्ने ठाउँमा हिम्मतिलो पनि भइदिनु होला । इमान्दार त सधैँ हुनु नै पर्नेछ । यसरी नै बितेको वर्षमा तपाईहरुले काम गर्नुभएको छ ।’

‘त्यसको लागि म लगायत हामी सबै जनप्रतिनिधिहरु धेरै नै खुशी छौँ । यसरी नै खुशी राखिरहनु होला । हाम्रो नगर प्रहरी बलले कुनैपनि नातावाद, कृपावाद र कुनैपनि राजनीतिक दबाब बिना काम गरिरहेको छ । सुशासनको लागि कुनैपनि राजनीतिक दबाब बिना नै काम गर्न सफल भएको छ । नेपाल प्रहरी र सशस्त्र प्रहरीले नि यसरी नै कुनै राजनीतिक दबाबमा नआइकन काम गरिदिनु भयो भने नेपाल प्रहरी, हाम्रो नगर प्रहरी, सशस्त्र प्रहरी, सिडिओ कार्यालय सबैले हाम्रो शहरमा सुशासन ल्याउन सफल हुन्छौँ । यहाँहरुले पनि यो चिजमा ध्यान दिनुभयो भने हामी सबै मिलेर काम गर्न सक्छौँ । सहकार्यमा काम गर्नसक्छौँ ।’

उहाँले नेपाल प्रहरी र सशस्त्र प्रहरीले पनि राजनीतिक दबाबमा नआइकन काम गर्न सकेमा शहरमा सुशासन ल्याउन सकिने भन्दै प्रहरी नेतृत्वलाई आग्रह समेत गर्नुभयो ।