• २९ बैशाख २०८१, शनिबार
  •      Sat May 11 2024
  •   Unicode
Logo
Latest
★   सरकार संसद चल्न नदिने र संसदीय छानविन समिति पनि बनाउन नदिनेतर्फ उद्धत भयोः काँग्रेस ★   रवि लामिछानेको सहकारी ठगीको यथेष्ट प्रमाण छन्, सरकारी अड्डाहरु गएर केलाए हुन्छः गगन थापा ★   शिवसताक्षी नगरपालिकाका दुई खेलाडी एन्फा एकेडेमीमा छनोट ★   २२ महिनामा पनि बनेन दुई किमी सडक ★   सदनको अवरोध हटाउन अनौपचारिक संवाद थाल्दै नेताहरु ★   संसदीय छानबिन समिति नबन्दासम्म संसद् चल्न दिँदैनौँः नेता निधि ★   आईपीएलमा आजः प्लेअफबाट बाहिरिइसकेको मुम्बईसँग प्लेअफ पक्का गर्न कोलकाता भिड्दै ★   राजनीतिक अस्थिरताले विकास निर्माणको काम हुन सकेनः अध्यक्ष ओली ★   राष्ट्रिय सहमति जुटाउन ढिला भइसक्योः प्रवक्ता सापकोटा ★   अब खेलकुदमा दौडिन्छ कर्णालीः मुख्यमन्त्री कँडेल

बाच्छाले साँढेसँग जुध्नु नै ठूलो कुरा हो– बाबुराम भट्टराई



फाइल फोटो

काठमाडौँ । पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले बाच्छाले साँढेसँग जुध्नु नै ठूलो कुरा भएको बताउनुभएको छ ।

एसिया क्रिकेट कपमा बुधबार भएको खेलमा पाकिस्तानसँग दयनीय प्रदर्शन गरेको नेपालको खेलप्रति टिप्पणी गर्दै उहाँले नेपाली राष्ट्रिय क्रिकेट टिमले विश्व वरियतामा अगुवा टिम पाकिस्तानसँग उसकै भूमिमा पहिलोपटक खेल्दा प्राप्त गरेको परिणामलाई भन्दा अनुभवलाई हेरेर मूल्यांकन गर्नु उपयुक्त हुने बताउनुभयो।

अझै अर्को साँढे भारतसँग जुध्न र सिक्न बाँकी छ भन्दै उहाँले आफू क्रिकेटको विज्ञ नभै जिज्ञासु÷दर्शक मात्र भएकाले केही सुझावसमेत दिनुभएको छ । पूर्वप्रधानमन्त्री भट्टराईले नेपाली टिमलार्य कम्तीमा पनि ४० ओभर टिक्ने ढंगले ब्याटिङ गर्न र फिल्डिङमा अझै चुस्तता बढाउन सुझाव दिनुभएको छ । उहाँका अनुसार यसले अझै बढी सिक्न पाइने र आत्मविश्वास बढ्ने बताउनुभएको छ ।

उहाँले नेपाली क्रिकेट खेलाडीहरुलाई बाच्छो हुर्केर साँढे बन्छ र साँढे बूढो हुँदै जान्छ भन्ने चिनियाँ नेता देङ सियाओ पिङको उक्तिलाई आत्मसात गर्दै धैर्य गर्नसमेत आग्रह गर्नुभएको छ ।