• १ जेष्ठ २०८१, मंगलवार
  •      Tue May 14 2024
  •   Unicode
Logo
Latest
★   सन्दीपको मुद्दामा बहस जारी, आजै फैसला आउने सम्भावना ★   कसले बुझ्ला यात्रुका पीडा ★   भारतको क्रिकेटको मुख्य प्रशिक्षकका लागि आवेदन खुला ★   गाजामा प्यालेस्टिनीको मृत्यु हुनेको संख्या ३५ हजार ९१ पुग्यो ★   पार्टीमा भ्रष्ट र पदलोलुप प्रवृत्ति खतरनाक रुपमा देखापर्‍यो: अध्यक्ष नेपाल ★   कोशीमा जसपा सांसद निर्मला लिम्बूले गरिन् अशोक राई पक्षमा सनाखत ★   सदनका बैठक निर्वाध सञ्चालनका लागि सभामुखद्वारा प्रमुख सचेतकसँग छलफल ★   सुकेधारामा पुरुषको शव फेला ★   छ वर्षमा पदयात्रामा जाने छ हजार दुई सय ७२ नेपालीको नि:शुल्क उपचार ★   गृहमन्त्रीले आजकै बैठकमा बोल्न पाउनुपर्ने रास्वपाको अडान

महानगरको निर्णय कार्यान्वयन नगर्न आदेश



काठमाडौँ । सर्वोच्च अदालतले काठमाडौँ महानगरपालिकाभित्रका सामुदायिक विद्यालयको व्यवस्थापन समितिलाई हटाउने निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश गरेको छ ।

प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, न्यायधीशहरू ईश्वरप्रसाद खतिवडा, डा आनन्दमोहन भट्टराई, प्रकाशमानसिंह राउत र सपना प्रधान मल्लको संवैधानिक इजलासले आज उक्त निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश गरेको हो ।

महानगरपालिकाले विद्यालय व्यवस्थापन समितिहरू विघटन गरी सम्बन्धित वडाको अध्यक्ष वा अध्यक्षले तोकेको व्यक्ति विद्यालय व्यवस्थापन समितिको अध्यक्ष हुने निर्णय गरेको थियो ।

अदालतले काठमाडौँ महानगरपालिकासँग विद्यालय व्यवस्थापन समिति अध्यक्ष हटाउनुका कारणसहित लिखित जवाफसमेत माग गरेको छ ।

महानगरको उक्त निर्णय संविधान, शिक्षा ऐन र नियमावलीविपरीत रहेको उल्लेख गर्दै १८ वटा सामुदायिक विद्यालयका अध्यक्षले सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेका थिए । रासस