२३ असार २०८३, मंगलवार
,
Latest
प्रधानमन्त्री शाह भक्तपुरको नवदुर्गा देवगण मन्दिरमा मधेस सरकारको बजेटमाथिको छलफल अन्यौलमा मध्यपूर्व द्वन्द्वबाट उत्पन्न वित्तीय जोखिम कायमैः बैङ्क अफ इङ्गल्याण्ड नक्कली भुटानी शरणार्थी प्रकरण: टोपबहादुरका छोरा सन्दीपसहित ६ जनाले पाए सफाइ पोखरा–मुग्लिन सडक आयोजनाको चौथोपटक म्याद थप १४ वर्षसम्म पनि अधुरो कमला पुल निर्माण, सास्ती भोग्दै स्थानीय नक्कली भुटानी शरणार्थी मुद्दामा सबै आरोपी दोषी ठहर कांग्रेसको नीति प्रतिष्ठानमा आठ सदस्य मनोनित म्याग्दीमा दुई जिप दुर्घटना हुँदा ९ जना घाइते, एकको अवस्था गम्भीर युरोपमा नक्कली कन्डम आपूर्ति गर्ने सञ्जालको पर्दाफास
तपाईं के खोज्दै हुनुहुन्छ ?

अख्तियारका पूर्व प्रमुख आयुक्त बस्न्यातलाई ५ लाख धरौटीमा रिहा गर्न सर्वोच्चको आदेश



अ+ अ-

काठमाडौ । सर्वोच्च अदालतले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्व प्रमुख आयुक्त दीप बस्न्यातलाई ५ लाख धरौटीमा रिहा गर्न  आदेश दिएको छ । कारागार कार्यालय डिल्लीबजारमा थुनामा रहेका बस्न्यातलाई रिहा गर्न  न्यायाधीश ईश्वरप्रसाद खतिवडा र आनन्दमोहन भट्टराईको संयुक्त इजलासले  आदेश दिएको हो ।

विशेष अदालत काठमाडौंले ललिता निवास जग्गा प्रकरणमा बस्न्यातलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको थियो ।  कारागारमा कोरोना सक्रमण भएपछि धरौटीमा रिहा भइ मुद्दा लड्न पाउनुपर्ने  माग गदै बस्न्यात सर्बोच्च अदालत पुगेका थिए । बस्न्यातहाल ओम अस्पताल चाबिहलमा उपचाररत छन् ।