१ पुष २०८२, मंगलवार
,
Latest
हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीका उपाध्यक्ष पक्राउ ट्याक्टर दुर्घटना हुँदा तीन जनाको मृत्यु, १९ घाइते जनताले भ्रष्टाचार मुक्त समाज चाहेका छन्ः मन्त्री घिसिङ आईपीएल अक्सनः ग्रिन कीर्तिमानी मूल्यमा केकेआरमा अनुबन्धित युक्रेन–रूस शान्ति वार्ता सम्झौता नजिक : ट्रम्प एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम हिंसा भड्काएको अभियोगमा धर्मगुरुलाई ३५ वर्ष जेल एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम मुलुक निर्वाचनमा होमिइसकेको छ: मन्त्री खरेल प्रधानमन्त्री कार्कीसमक्ष योजना आयोगका उपाध्यक्ष डा. श्रेष्ठ र सदस्य हाडाको शपथ
तपाईं के खोज्दै हुनुहुन्छ ?

सिरहामा एमालेको सचिवालय बैठक जारी– तस्बिरहरु



अ+ अ-

काठमाडौँ । नेकपा (एमाले) को सचिवालय बैठक सिरहामा शुरु भएको छ ।

एमालेको चौथो महाधिवेशनबाट मदन भण्डारी महासचिवमा निर्वाचित भएको सिरहाको धनगढीमाई नगरपालिका–१४ स्थित सर्रे अम्वासमा बुधवार दिउँसो बैठक शुरु भएको हो । बैठकमा पार्टीको मिसन ग्रास्रुट अभियानको समिक्षा गर्ने र केन्द्रिय कमिटी बैठकको पनि मिति तय गर्ने नेताहरुले बताएका छन् ।

मदन भण्डारी महासचिवमा निर्वाचित भएको ऐतिहासिक ठाउँको स्मरणमा एमालेले सो ठाउँमा पार्टी सचिवालय बैठक बोलाएको हो । बैठकमा भाग लिन अध्यक्ष केपी शर्मा ओली, महासचिव शंकर पोखरेललगायतका नेताहरु आजै त्यहाँ पुग्नुभएको थियो । नेपाल कम्युनिष्ट पार्टी स्थापनाको ७५ वर्षको अवसर पारेर एमालेले ऐतिहासिक राष्ट्रिय महत्व राख्ने शहीद स्तम्भको समेत शिलान्यास गर्नेछ । अध्यक्ष ओलीले सो स्तम्भको शिलान्यास गर्नुहुने एमालेले जनाएको छ ।

सो ठाउँलाई पर्यटकीय दृष्टिकोणले समेत अघि बढाउने उद्देश्यसहितका मदन भण्डारी स्मृति विद्यालय, मदन भण्डारी पार्क निर्माण गर्ने पार्टीको योजना रहेको पनि बताइएको छ ।