२३ जेष्ठ २०८३, शनिबार
,
Latest
जेन–जी आन्दोलनबारे मानव अधिकार आयोगः गोली संसद भवनभित्रैबाट चल्यो, कसले चलायो थाहा छैन बजेट स्पष्ट प्राथमिकता बिना ‘पपुलिस्ट’ प्रकृतिको रहेको पूर्वअर्थमन्त्री पुनकाे आरोप रसुवागढी भन्सार प्रकरण: रसुवागढी नाकाका प्रमुखसहित ९ कर्मचारी तानिए भन्सार विभाग सभामुख अर्यालसहित उच्चस्तरीय प्रतिनिधिमण्डलद्वारा सुदूरपश्चिमका धार्मिक तथा आर्थिक क्षेत्रहरूको अवलोकन परम्परागत बजेटले मात्र समृद्धि सम्भव छैन, नयाँ वित्तीय मोडेलबाट पूर्वाधार विकास गर्छौंः सांसद अधिकारी कोलम्बियाको मध्य क्षेत्रमा रहेको कोइला खानीमा विस्फोट हुँदा ७ जनाको मृत्यु होल्डिङ सेन्टरका सुकुमवासीलाई नियमित स्वास्थ्य परीक्षण र उपचार सेवा सिमित समूहले स्रोत कब्जा गर्ने प्रवृत्तिलाई सरकारले अन्त्य गर्न खोज्नु सकारात्मकः उद्योगपति चौधरी उच्च प्रतिफल दिने योजनामा बढी स्रोत केन्द्रित गर्नुपर्नेमा बजेटले पर्याप्त ध्यान दिन सकेनः पूर्वअर्थमन्त्री पाण्डे औषधि अभाव अन्त्य र गुणस्तर सुधारमा सरकारको जोड
तपाईं के खोज्दै हुनुहुन्छ ?

एसिया कपको क्रेजः विद्युत् प्राधिकरणले एकदिन पछि सार्यो सटडाउनको तालिका



अ+ अ-

काठमाडौँ । आज बुधबारदेखि हुन लागेको एसिया कप हेर्न देश तथा विदेशमा रहेका नेपाली दर्शकहरु आतुर छन् । नेपालले पाकिस्तानविरुद्ध आज उद्घाटन खेल खेल्दैछ ।

यसै खेलका कारण नेपाल विद्युत् प्राधिकरण उर्लावारी वितरण केन्द्रले सटडाउनलाई एक दिन पछि सारेको छ । बुधबार बिहान सूचना जारी गर्दै केन्द्रले एसिया कप क्रिकेट अन्तर्गत नेपाल र पाकिस्तानबीच खेल हुने समयमा सटडाउन भएकाले नेपाली जनताको खेलप्रतिको चासोलाई मध्यनजर गर्दै सटडाउन एक दिन पछि सारिएको जनाएको छ ।

 

सूचनामा भनिएको छ, ‘यस नेपाल विद्युत् प्राधिकरण उर्लाबारी वितरण केन्द्र अन्तर्गत तपसिलमा उल्लेख गरिएको स्थानहरुमा आज हुने विद्युत आपुर्ति बन्दको समयमा एसिया कप क्रिकेट अन्तर्गत नेपाल र पाकिस्तानबीच खेल हुने भएकोले नेपाली जनताको खेलप्रतिको चासोलाई मध्यनजर गर्दै उक्त सटडाउन तालिका परिवर्तन गरी भदौ १४ गतेका लागि तपशिल अनुसार हूने व्यहोरा जानकारी गराइन्छ।’

यसअघि केन्द्रले बुधबार उर्लाबारी सबस्टेशनमा नयाँ १६ एमभीएकको पावर ट्रान्सफर्मर जडान र सीटी अपग्रेडिङ कार्य गर्नुपर्ने भएको भन्दै उर्लाबारी नगरपालिकाका १, २, ३ र ४ नम्बर वडा, मिक्लाजुङ गाउँपालिकाका १, २, ३, ४ र ५ नम्बर वडा तथा पथरी शनिश्चरे नगरपालिकाका सबै क्षेत्रमा दिउँसो २ बजेदेखि ६ बजेसम्म सटडाउन हुने जनाएको थियो ।

एसिया कपको उद्घाटन खेल पाकिस्तानको मुल्तान क्रिकेट रङ्गशालामा आज दिउँसो ३ः१५ बजे हुनेछ । नेपाली क्रिकेट टोली एकदिवसीय वरियतामा विश्वको नम्बर एक राष्ट्र पाकिस्तानसँग खेल्दै छ । नेपाल र पाकिस्तानबीच आज पहिलो भेट हुनेछ ।

एसिया कपमा १३ खेलमध्ये चार खेल पाकिस्तानमा हुनेछन् भने बाँकी नौ खेल श्रीलङ्कामा हुनेछन् । प्रतियोगितामा ६ राष्ट्रको सहभागिता रहनेछ । दुई समूहमा विभाजन गरिएको उक्त प्रतियोगिताको समूह ‘ए’ नेपाल, भारत र पाकिस्तान तथा समूह ‘बी’ मा बङ्गलादेश, श्रीलङ्का र अफगानिस्तान छन् ।




भर्खरै