२१ श्रावण २०८३, बिहीबार
,
Latest
उच्च आर्थिक वृद्धि हासिल गर्न निजी क्षेत्रको भूमिका महत्वपूर्ण छः उपाध्यक्ष डा भट्ट सेनामा भर्ती गराइदिने भन्दै ठगी गर्ने व्यक्ति पक्राउ विस्थापित बालबालिकाको शिक्षा, स्वास्थ्य र आवास सुनिश्चित गर्न आदेश नेपालसँग श्रम सहकार्य विस्तार गर्न इजरायल इच्छुक छः राजदूत बास जैविकग्यास उत्पादन बढाउन भारतद्वारा २.५ अर्ब डलरको योजना स्वीकृत करदाता प्रोत्साहन कार्यक्रमः शुक्रबार उपहार घोषणा गरिने दिगो रोजगार प्रणाली निर्माणबारे छलफल विद्युतीय कारोबार ऐनअन्तर्गतको कसुरमा संलग्न व्यक्ति पक्राउ “राष्ट्रिय सेवा दलसम्बन्धी विधेयकमा षडयन्त्रको गन्ध छ” सांसद मोहम्मद इस्तियाक राई राज्य व्यवस्था समितिमा अनुगमन टोलीको कार्यशैलीलाई लिएर विवादः एमाले नेतृ अर्यालद्वारा नियमापत्ति
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमाले शीर्ष नेता चढेका बुद्ध एयरको जहाज अवतरण गर्न नसकेर काठमाडौं नै फर्केपछि…



फाईल फोटो
अ+ अ-

काठमाडौं । नेकपा एमालेका शीर्ष नेताहरूलाई लिएर जनकपुर उडेको बुद्ध एयरको जहाजमा प्राविधिक समस्या देखिएपछि काठमाडौं नै फर्केको छ ।

बुद्ध एयरको उडान नम्बर ५०१ जहाज ९ एन एजेडओ जहाज जनकपुरधाम विमानस्थलमा अवतरण गर्ने बेलामा समस्या देखिएपछि काठमाडौं फर्काइएको कम्पनीले जनाएको छ ।

सो जहाजमा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षहरू सुवास नेम्वाङ, विष्णु पौडेल, युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, उपमहासचिव प्रदीप ज्ञवाली, विष्णु रिमाल, अमृत बोहरा लगायतका नेताहरु बैठकका लागि सिरहा जाँदै थिए । अहिले उनिहरुलाई बुद्ध एयरको अर्को जहाजमा पठाइएको कम्पनीले जनाएको छ ।

सचिवालय बैठकमा सहभागि हुन नेताहरु त्यसतर्फ जादै थिए । सिराहा धनगढीमाई नगरपालिका–४, सर्रे अम्वासमा रहेको चौथौँ महाधिवेशन स्थलमा सचिवालय बैठक बस्न लागेको हो ।