२५ आश्विन २०८३, आईतवार Sunday, October 11, 2026
२५ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar बूढीगण्डकी बाढीः सोती र माछीखोलाका पुल बगे, चार जनाको अवस्था अज्ञात News Polar रियाद विमानस्थलमा आक्रमण हुँदा १२ जनाको मृत्यु, ३०० भन्दा बढी घाइते News Polar बूढीगण्डकीमा बाढी : चुमनुब्रीका ३५ घर बगे News Polar वैदेशिक रोजगारी छाडेर गाउँमै बाख्रापालनमा रमाउँदै लक्ष्मीप्रसाद News Polar पहिरोले घेरिएको पाउद्धार, विस्थापितलाई गाउँ फर्किन अन्योल News Polar एक सय २३ जनाको मोतियाविन्दुको शल्यक्रिया News Polar देशका हिमाली र पहाडी भूभागमा वर्षा र हिमपातको सम्भावना News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बुढीगण्डकी नदीमा बाढीको जोखिम,सर्तकता अपनाउन आग्रह News Polar झिलिमिली बत्तीले सिङ्गारिए काठमाडौँका मठमन्दिर तथा शक्तिपीठ News Polar कांग्रेसको १५औँ महाधिवेशन: उपसभापतिमा चन्द्रकान्त र महामन्त्रीमा प्रदीप अगाडि News Polar दुर्गा पक्षः नेपालीको महान् पर्व बडादसैँ सुरु, आज घटस्थापना गरिँदै News Polar धिमेबाजा प्रतियोगिताको सिरुटारका दुई खल बने विजेता र उपविजेता News Polar पोखरा पर्वतीय दौडमा सुदूरपश्चिमका नरेन्द्र च्याम्पियन News Polar फोहोर र अखाद्य कैफियत भेटिएपछि मन्त्र थकाली दुई लाख ५० हजार रुपैयाँ जरिवाना News Polar ‘हामी सबैलाई गिरफ्तार गर, विपक्षी पछि हट्दैन : राहुल गान्धी News Polar आइतबार मौसम मुख्यतया सफा रहने, केही स्थानमा वर्षाको सम्भावना News Polar एनएफपिजेको २९औँ वार्षिक साधारण सभा सम्पन्न, पाँच विधाका फोटो पत्रकार सम्मानित News Polar तेस्रो पर्वतीय दौडको उपाधि राउतलाई News Polar ‘क्यानभासमा पारिजात’ चित्रकला प्रदर्शनी

इन्जिनियरिङ्गतर्फको शुल्क घटाउन माग गर्दै भिसि कार्यलय अगाडि नेविसंघको होम– तस्बिरहरु

इन्जिनियरिङ्गतर्फको शुल्क घटाउन माग गर्दै भिसि कार्यलय अगाडि नेविसंघको होम– तस्बिरहरु
अ अ+ अ-

काठमाडौँ । सत्तारुढ दल काँग्रेस निकट विद्यार्थी संगठन नेपाल विद्यार्थी संघले इन्जिनियरिङ्गतर्फको स्नातक तह अध्ययनका लागि अस्वाभाविकरूपमा शुल्क बढाइएको भन्दै बिरोध गरेको छ ।

बुधवार नेपाल विद्यार्थी संघले त्रिभुवन विश्वविद्यालय इन्जिनियरिङ अध्ययन संस्थान (आई ओ ई ) ले गरेको शुल्कवृद्धि बिरुद्ध र अनशनरत नेविसंघ नेता सुलभ चापागाईंको जीवन रक्षाका लागि त्रिभुवन विश्वविद्यालयको भिसि कार्यलय अगाडि होम हालेर सांकेतिक बिरोध जनाएको हो ।

बिरोध कार्यक्रममा बोल्दै नेविसंघका केन्द्रिय सदस्य मदन उपाध्यायले नेपाल विद्यार्थी संघले इन्जिनियरिङको आइटी सेक्टरको फीलाई घटाउनुपर्छ भनेर सन्देशमुलक आन्दोलन गरेको बताउनु भयो । उहाँले केही दिन यता नेविसंघले पुलचोक क्याम्पस, प्रधानमन्त्रीको सरकारी निवास लगायतका विभिन्न ठाउँमा शुल्कवृद्धि घटाउन माग गर्दै बिरोध प्रदर्शन गरिरहेको बताउनु भयो । उहाँले त्रिभुवन विश्वविद्यालयको भिसिलाई विद्यार्थीको पक्षमा सकारात्मक रुपमा लाग्न पनि चेतनास्वरुप होम हालिएको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘नेपाल विद्यार्थी संघका नेता सुलभ चापागाईं आमरण अनुसनमा हुनुहुन्छ, स्वास्थ्य अवस्था जटिल छ । नेपाल विद्यार्थी संघले इन्जिनियरिङको आइटी सेक्टरको फीलाई घटाउनुपर्छ भनेर सन्देशमुलक आन्दोलन गर्दै आएका थियौँ । बालुवाटारमा प्रधानमन्त्री निवास, पुलचोक क्याम्पसमा आन्दोलन गर्‍यौं । हाम्रो निदाएको भिसी ब्युँझनुपर्छ, उहाँको दिमागमा पोजेटिभ भाइब्रेट हुनुपर्छ, फी घटाउन उहाँले आनाकानी गरिरहनुभएको छ । उहाँलाई आज सन्देश दिनका लागि हामीले हवन गरेका हौँ ।’

त्रिभुवन विश्वविद्यालयको इन्जिनियरिङ अध्ययन संस्थानले गत भदौ ४ गते सूचना प्रकाशित गरी स्नातक तहअन्तर्गत बी.ई./बी.आर्क अध्ययनका लागि शुल्क वृद्धि भएको जानकारी गराएको थियो ।