५ श्रावण २०८३, मंगलवार
,
Latest
बर्डफ्लूको प्रभाव हटेसँगै अण्डाको भाउ बढ्यो, किसानलाई राहत डा देवेन्द्रराज पाण्डेको साधाना मुख्यतः स्वतन्त्रता, अधिकार र नागरिक आन्दोलनमा थियो: राष्ट्रपति पौडेल कर्णालीका सडक पूर्वाधारको अनुगमन गरेर फर्के मन्त्री लम्साल ऋण असुलीबाट दुई समस्याग्रस्त सहकारीका १२५ जना बचतकर्ताको रकम फिर्ता तयारी पोसाक उद्योगको विकास र प्रवद्र्धनमा सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री शाह शिक्षामन्त्रीसँग अमेरिकी कार्यवाहक राजदूतको शिष्टाचार भेटवार्ता पर्यटनलाई एकीकृत विकास गर्दै मकवानपुरगढी बाँके जिल्ला प्रहरीमा २१६ मुद्दा दर्ता ३ प्रतिशत समता कर तत्काल लागू नगर्ने सरकारको निर्णय जलस्रोत संरक्षणका लागि कानूनी नियमन आवश्यक छः ऊर्जामन्त्री श्रेष्ठ
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारतको अरुणाचल प्रदेश आफ्नो भूमिमा समेटिएको नक्शा चीनले गर्यो सार्वजनिक



अ+ अ-

काठमाडौँ । चीनले भारतको अरुणाचल प्रदेशलाई आफ्नो भूमिमा समेटेर नयाँ नक्सा सार्वजनिक गरेको छ ।

चीनको प्राकृतिक संसाधन मन्त्रालयले अरुणाचल र अक्साई चीनमा समेटेर नयाँ नक्सा सार्वजनिक गरेको हो ।

चाइना डेलीका अनुसार उक्त नक्सालाई २०२३ को चीनको स्टान्डर्ड नक्सा भनिएको छ । यो नक्सा चीन र विश्वका अन्य देशको ड्रइङ विधिको आधारमा बनाइएको बताइएको छ ।

चीन र भारतबीच लामो समयदेखि सीमा विवाद रहँदै आएको छ । चीनले बेला–बेलामा अरुणाचल प्रदेशका विभिन्न ठाउँलाई चिनियाँ नाम दिँदै पनि आएको छ ।

अरुणाचल प्रदेशको ९० हजार वर्गकिलोमिटर जमिन आफ्नो भएको दाबी गर्दै आएको चीनको नागरिक मामिला मन्त्रालयले यही अप्रिलमा अरुणाचल प्रदेशका ११ स्थानाको नाम परिवर्तन गरेको थियो ।

यद्यपि भारतले चीनले पश्चिमी क्षेत्रमा करिब ३८ हजार वर्गकिलोमिटर क्षेत्रमा अवैधानिक रूपमा कब्जा जमाएको आरोप लगाउँदै आएको छ । दुई देशबीच पूर्वी लद्दाखलगायतका कैयौँ सीमा विन्दुलाई लिएर मतभेद छ ।

तीन वर्षअघि सीमा विवादलाई लिएर दुवै देशका सेनाबीच झडपसमेत भएको थियो । अझै पनि सीमा विवादको मुद्दाकै कारण दुई देशबीचको स्थिति सामान्य हुन सकेको छैन । सीमामा कुनै पनि बेला तनाव उत्पन्न हुन सक्ने संशय यथावत् छ ।

तीन वर्षअघि गलवान झडपमा २० जना भारतीय र ४ जना चिनियाँ सैनिक मारिएका थिए ।