३ आश्विन २०८१, बिहीबार
,
Latest
एशियन प्रोफेसनल एचिभमेन्ट अवार्ड २०२४ बाट बिभिन्न व्यक्ति सम्मानित माओवादी केन्द्रको बैठकः अखिल (क्रान्तिकारी) को महाविधेशनबारे छलफल धरहरा चढ्नेको अत्यधिक भीड, आइतबारसम्मका लागि टिकट बुक संविधान दिवसको कन्सर्टमा प्रधानमन्त्री–फोटोफिचर राष्ट्रपतिबाट रात्रिभोज आयोजना – फोटोफिचर श्रीलङ्कामा आर्थिक मन्दीपछि पहिलोपटक शनिबार मतदान हुँदै पलेशा र एरिकालाई वागमती सरकारको सम्मान संवैधानिक इजलास आवश्यक परे हप्तामा तीन दिन राख्न सकिन्छ: न्यायाधीश ढुङ्गाना संविधान संशोधन कसैको अधिकार कटौति गर्न होइन: कानूनमन्त्री चौरसिया सरकारले सञ्चालनमा ल्यायो चाडपर्व लक्षित सुपथ मूल्य पसल
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

कुर्सी टिकाउनको लागि भ्रष्टाचारको फाइल खोलिएको होइन– प्रधानमन्त्री प्रचण्ड



अ+ अ-

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कुर्सी टिकाउनको लागि भ्रष्टाचारको फाइल खोलिएको नभएको स्पष्ट पार्नुभएको छ ।

मंगलबार प्रतिनिधिसभाको बैठकमा रास्वपा सांसद असीम शाहले सोधको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्रीले सरकार टिकाउनलाई भ्रष्टाचारको फाइल नखोलेको प्रष्ट पार्नुभएको हो ।

उहाँले सबै प्रकारको भ्रष्टाचारको काण्डमा तथ्य र प्रमाणको आधारमा दोषीलाई कानूनको दायरमा ल्याउन सरकार प्रतिबद्ध रहेको बताउनुभयो । ‘यी कामहरू कुनै कुर्सी टिकाउनको लागि होइन। देश र जनतामा राजनीति माथि वितृष्णा छाएको केही हुन्न सबै उस्तै हुन् भन्ने भाषण निर्माण गर्न खोजिएको परिस्थितिलाई चिर्न सरकारले एकपछि अर्को राम्रो काम गर्दै आइरहेको छ’, उहाँले भन्नुभयो ।

भुटानी शरणार्थीसहित सबै काण्डमा राज्यले दबाबरहित ढंगले काम गरेको र सरकारको सोहि कामले जनतामा सुशासन सम्भव छ भन्ने नयाँ आशा पलाएको उहाँको भनाई छ । उहाँले भन्नुभयो, ‘अहिले त्यो सम्बन्धी मुद्दा अदालतमा छ। उचित फैसला गर्छ भन्ने विश्वास लिएको छु। सरकारले भ्रष्टाचार विरोधी अभियान चलाइरहेको छ। भ्रष्टाचारलाई नियन्त्रण गर्न नीतिगत तथा संस्थागत सुधार प्रयास गरिएको छ।’

उहाँले कसैलाई बचाउने कसैलाई फसाउने नियतले काम नगरेको बताउदै दोषी नउम्किन र निर्दोष नफसोस् भन्ने ढंगले काम गर्न निर्देशन भएको बताउनुभयो ।