• १५ असार २०८१, शनिबार
  •      Sat Jun 29 2024
  •   Unicode
Logo
Latest
★   बागलुङमा पहिरोले घर पुरिँदा दम्पतीको मृत्यु, बुहारी र नाती घाइते ★   दही चिउराको सांस्कृतिक पर्व मनाइँदै ★   धान उत्पादन बढाउन आवश्यक छः राष्ट्रपति ★   वेदविद्याश्रमका विद्यार्थी उत्कृष्ट नतिजासहित एसईई उत्तीर्ण ★   रुसी सेनामा थप १० नेपालीको मृत्यु, अहिलेसम्म ३५ को ज्यान गयो ★   दुई ‘चोकर्स’को फाइनल भिडन्त, भारत एक दशक र दक्षिण अफ्रिकालाई ३२ वर्षपछिको प्रतिक्षा ★   रोपाइँ महोत्सव पहिलो पटक काठमाडौंबाहिर चितवनमा ★   कोलम्बिया कोपा अमेरिकाको क्वाटरफाइनलमा ★   शनिबार भगवान शनिदेवको पूजा–आराधना गर्नुहोस् ★   त्रिवि पत्रकारिता केन्द्रीय विभागको प्रमुखमा डा अर्याल

एसिया कप: भोली नेपाल र पाकिस्तान भिड्दै



काठमाडौँ । भोलीदेखि एसीसी एसिया कप क्रिकेट–२०२३ सुरु हुदैछ । कपको उद्घाटन खेलमा नेपाल र पाकिस्तान भिड्दैछन् । पाकिस्तानको मुल्तान क्रिकेट मैदानमा हुन लागेको उद्घाटन खेल नेपाली समयअनुसार दिउँसोको ३:१५ बजेबाट सुरु हुनेछ ।

नेपाल र पाकिस्तानबीचको खेलपछि नेपाली टोली श्रीलंका जानेछ । नेपालले भदौ १८ (सेप्टेम्बर ४) मा भारतसँग खेल्नेछ । भारत आन्तरिक राजनीति र सुरक्षाको कारण पाकिस्तान जान नमानेपछि भारतका खेलहरु श्रीलंकामा हुन लागेको हो । नेपाल र भारतबीचको खेल नेपाली समय अनुसार दिउँसो ३:४५ बजेबाट श्रीलंकाको पालेकेले अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा सुरु हुनेछ ।

नेपालले आफ्नो क्रिकेट इतिहासमा पहिलो पटक एसिया कप खेल्दैछ । समूह ए मा नेपाल, भारत र पाकिस्तान छन् भने समूह बी मा बंगलादेश, श्रीलंका र अफगानिस्तान छन् ।

नेपालले गत वैशाखमा घरेलु मैदानमा एसिसी प्रिमियर कपको उपाधि जित्दै एसिया कप खेल्न लागेको हो । सँगै, नेपालले आफ्नो क्रिकेट इतिहासमा पहिलो पटक भारत र पाकिस्तानसँग खेल्न लागेको हो ।

नेपालको एसिया कप खेल्ने टोली :

रोहित पौडेल (कप्तान), आसिफ शेख (विकेटकिपर), कुशल भुर्तेल, ललित राजवंशी, भीम सार्की, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, सन्दीप लामिछाने, करण केसी, गुलशन झा, आरिफ शेख, सोमपाल कामी, प्रतिश जिसी, किशोर महतो, सन्दीप जोरा, अर्जुन साउद (विकेटकिपर) र मौसम ढकाल ।

पाकिस्तानको एसिया कप खेल्ने टोली:
बाबर आजम (कप्तान), अब्दुल्लाह शफिक, फखार जमान, हारिस रौफ, इफ्तिखर अहमद, इमाम उल हक, मोहम्मद हरिस, मोहम्मद नवाज, मोहम्मद रिजवान, मोहम्मद वासिम जुनियर, नसिम शाह, सलमान अली अघा, शादब खान(उपकप्तान), शाहिन शाह अफ्रिदी, साउद सकिल, उस्मा मिर, फहिम अशरफ ।