१३ भाद्र २०८३, शनिबार
,
Latest
भोटेकोशी बाढीपीडितको उद्धार तथा राहतमा जुट्न एएनओको अपिल बैधानिक कार्यसमितिले गराउने अधिवेशन तथा महाधिवेशनको तयारीमा जुट्न शशांकको अपील नौ जलविद्युत् आयोजनाबाट ५३७ जना सम्पर्कविहीन गोरखामा भेटिएका २९ शवको अन्त्येष्टि गरियो रसुवा बाढीः मृतक ६ सय ६९ जनामध्ये १ सय ४८ महिला, २ सय ६८ पुरुष,… आइएमई ग्रुपद्वारा भोटेकोशी बाढी प्रभावितको सहयोगार्थ प्रधानमन्त्री राहत कोषमा १० करोड सहयोग प्रदान हरिखेतान कलेजद्वारा बाढी प्रभावित नागरिकलाई पाँच लाख सहयोग सुरुङमा फसेकाको उद्धारमा चिनियाँ विज्ञ टोली परिचालन निगमले हवाई उद्धारका लागि ४० हजार ८४० लिटर हवाई इन्धन पठायो टप एन्ड टी–२० सिरिजः भिक्टोरियासँग नेपाल पराजित
तपाईं के खोज्दै हुनुहुन्छ ?

कालिमाटीमा तरकारीको भाउ कति छ ? (सूचीसहित)



अ+ अ-

काठमाडौं । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज मंगलबारको मूल्यसूची सार्वजनिक गरेको छ ।

जस अनुसार नेपाली ठूलो गोलभेँडा प्रतिकेजी मूल्य ७५, भारतीय ठूलो गोलभेँडा ७५, टनेल गोलभेँडा सानो ७२, लोकल गोलभेँडा सानो ५५, घिउ सिमी लोकल ११०,घिउ सिमी(हाइब्रीड) ११०, काउली स्थानीय प्रतिकेजी ८८, आलु रातो ५६, मुडे आलु रातो ४८, भारतीय आलु रातो ३५, लौका ७६, हरियो फर्सी ६३, घिरौला ६४, चिचिण्डो ४५ कायम भई कारोबार भइरहेको छ ।

त्यसैगरी, बन्दा लोकल ५५, भन्टा लाम्चो ६५, भन्टा डल्लो ७६, बोडी(तने) ११०, मकै बोडी १०५, टाटे सिमी ८६, तितो करेला ९६, मूला रातो ६५, मूला सेतो(लोकल) ९६, गाजर लोकल १३०, भिण्डी ५५ मा कारोबार भईरहेको छ ।

डल्लेच्याउ ३२५, कन्य च्याउ १९६, कुरीलो ५५०, न्यूरो ८६, सजिवन १९०, तोफु ११५ र तामा ९६ तोकिएको छ ।

समितिका अनुसार प्याज सुकेको (भारतीय) प्रतिकिलो ७४, लसुन सुकेको चाइनिज २३८, लसुन सुकेको नेपाली २५६, काक्रो(लोकल) १४०, कागती १६०, अदुवा २७२, खु्र्सानी हरियो ६५ , अकबरे खुर्सानी २३३, हरियो धनिया १५५ रहेको छ ।

त्यसैगरी, स्याउ(फूजी) प्रतिकिलो ३४०, केरा (दर्जन) १५६, अनार ३२५, कालो अंगुर ४५०, तरबुजा ७६, भुई कटहर १६५, लोकल नासपाती ७६, चाइनिज नासपाती ३२५, अम्बा १३५, किवि ७५०,आभोकाडो ३०० तोकिएको समितिले जनाएको छ ।