४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

छायाँनाथ र ऋणीमोक्ष धाममा दर्शनार्थीको भीड

छायाँनाथ र ऋणीमोक्ष धाममा दर्शनार्थीको भीड
अ+ अ-

मुगु । मुगुमा रहेका हिन्दू तथा बौद्ध धर्मालम्बिको प्रमुख तीर्थस्थल छायाँनाथ र ऋणीमोक्ष धाममा दर्शनार्थीको भिड लागेको छ ।

नित्य पुजाका लागि छायाँनाथ र ऋणीमोक्षका गाथ (शिव, पार्वती, बुद्ध र ३३ कोटी देउता र देवीका मूर्ति) छायाँनाथ रारा नगरपालिका–२ चैन गाउँमा रहेका दुवै धामका मन्दिरमा ११ महिना राखिँदै आए पनि प्रत्यर्क वर्ष हिन्दू धर्मालम्वीको दर्शनका लागि साउन महिनामा छायाँनाथ तथा ऋणीमोक्ष धाममा गाथ लिइने चलन छ । यो वर्षपनि गाथको दर्शन गर्न र आफू शुद्ध हुन छायाँनाथ तथा ऋणीकामोक्ष धाममा मानिसको भिड लागेको हो ।

यी स्थानमा कर्णाली तथा सुदूरपश्चिममा मनाइने विभिन्न देवताका धामी तथा कुल देवतालाई एक पटक छायाँनाथको दर्शन तथा शुद्धी गर्न ल्याउनैपर्ने परम्परा रहेकाले श्रावण शुक्ल अष्टमीदेखि जनैपूर्णिमासम्म छायाँनाथ जाने मानिसको भिड लाग्ने गर्दछ ।

देउताका धामी, कूल देउताका साथै आफना पृत्रीको मोक्षका लागि छायाँनाथ र ऋणीमोक्षभन्दा अर्को कुनै धार्मिकस्थल नभएको हिन्दू विश्वास गर्छन् । जिल्लाको मुगुम कार्मारोङ गाउँपालिका–१ अवस्थित चार हजार आठ सय मिटर उचाइमा रहेको छायाँनाथ हिमालमा रहेको छायाँनाथ धाम र छायाँनाथ रारा नगरपालिका– १० र ११ मा पर्ने ऋणीकोक्ष धाममा यो बेला देशभित्रका र छिमेकी देश भारतबाटसमेत गरी हजारौँ तीर्थालु आउने गरेका छन् ।

आफ्ना कूल देवताको शुद्धि, नयाँ धामीझाँक्री औतार गर्न, आफूले चाहेको बर माग्न, जीवनमा जानेर नजानेर आफूबाट भएका पापबाट मोक्ष प्राप्त गर्न र पृत्रिको सम्झना र मोक्षका लागि आउने भएकाले दुवै धामका गाथ दर्शनका लागि र नयाँ धामीलाई बिदो, पुरानालाई शुद्धि अनि दर्शनार्थीलाई बर दिन छायाँनाथ र ऋणीमोक्ष धाममा लगिँदै आएको छायाँनाथका पुजारी सनतकुमार हमाल बताउनुहुन्छ ।

हिन्दूको धार्मिकग्रन्थ श्री स्वास्थानी वर्त कथाको १०औंँ अध्यायका अनुसार दक्षप्रजापतिले आफनो घरमा लगाएको महायज्ञमा आफ्ना ३३ कोटी ज्वाइँ देवता तथा देवीलाई बोलाए पनि भगवान महादेवलाई नबोलाउँदा छोरी सतिदेवीले आफना बुबा दक्षप्रजापतिलाई नबोलाउनुको कारणबारे सोध्दा दक्षप्रजापतिले महादेवबारे नानाथरिका गाली, लाल्छना, आरोप लगाउँदै त्यस्ता व्यक्ति महायज्ञमा आए आफनो बेइज्जयत हुने भएकोले नबोएको जवाफ दिएपछि आफना श्रीमान् बारेको बेइज्ज्यती सहन नसकी यज्ञको होमकुण्डमा हामफाली प्राण त्याग गरेको उल्लेख छ ।

सतीदेवीले प्राणत्याग गरेपछि विरक्तिएका महादेव सतीदेवीका लाश बोकी पृथ्वी लोगतिर झरेको र सतीदेवीको लास गल्दै जाँदा जहाँजहाँ सतीदेवीका अङ्ग पतन भए ती शक्ति पिठको रुपमा स्थापित भए । सोही क्रममा महादेव छायाँक्षेत्र हिमालमा पुगेको र त्यहाँ सतीदेवीका बाँकी रहेका सबै अङ्ग शरीर पतन हँुदा छायाँनाथ एक अदभूत शक्तिपिठका रुपमा स्थापित भएको उल्लेख छ । सतीदवीका अन्तिम शरीर सबै छायाँनाथमा पतन महसुस भई झस्केर बिउझिएका महादेव आफनो प्यिूँउमा सतीदेवीका शरीर नदेखेपछि झनै विरक्तिएको स्वर्गलोगमा नगई छायाँनाथमा बसेको र सतीदेवीको सम्झना गदै अझैपनि महादेव छायाँनाथमा रहेको विश्वास हिन्दूहरुले गर्ने गर्छन् । त्यही भएर छायाँनाथमा दर्शन गर्न गएमा साक्षात भगवान शिवको दर्शन हुने विश्वास गरिन्छ ।

यता ऋणीमोक्ष तीर्थस्थलबारे हिन्दू धर्मालम्बी छायाँनाथमा महादेव बसेकाले उहाँको ध्यान सतिदेवीबाट मुक्त गराउन र दक्षप्रजापति तथा ३३ कोटीदेवी देवताले महायज्ञमा महादेवबारे गरेको पापबाट मोक्ष दिलाउन स्वर्गबाट भगवान, विष्णु, बर्माले अप्सरा पृथ्वीमा पठाएको, ऋणीमोक्षमा अप्सराले नाचगान गरेको, जती नाचगान गरे पनि महादेवले छायाँनाथ क्षेत्र नछोडेकाले अझै पनि ऋणी मोक्षमा अप्सरा तथा ३३ कोटीदेवी देवता त्यही रहेकाले मानिस पूजाआजा गरी ऋणी मोक्षमादेवी देवतालाई खुसी पार्ने बर प्राप्त गर्ने, विभिन्न पापबाट मोक्ष पाउने, गौजो काट्ने गर्दछन् ।

शुद्ध मनले ऋणी मोक्षमा दर्शनार्थीले जे बर मागे त्यही पाउने अर्का पूजारी अश्विनीकुमार हमाल बताउनुहुन्छ । छायाँनाथ मन्दिर रहेको चैन गाउँबाट छायाँनाथ धाम तीन दिन टाढा हिमालमा रहेको र त्यहाँ बास, गाँसको व्यवस्था नभएकाले तीर्थालुले आफै बासगाँसको व्यवस्था मिलाउनुपर्छ । छायाँनाथ हिमालबाट निस्केको छायाँनाथ खोला र ऋणीमोक्षमा रहेको ऋणीमोक्ष तालमा नुहाइधुवाइ गरी शुद्धग्रहण गर्न गाथको दर्शन गरी तीर्थालु घर फन्कन्छन् ।

विश्वमा रहेका हिन्दू तथा ओमकार परिवारको प्रमुख तथा साझा आस्थाको केन्द्र रहेको छायाँनाथ धामको उचित प्रचारप्रसार र भौतिक विकासमा राज्यको ध्यान जाने हो भने देशले धार्मिक पर्यटक भित्र्याउन सक्ने ठूलो सम्भावना छ ।

कर्णालीमा रहेका यस्ता धार्मिक तथा पर्यटकीयस्थलमा पर्यटकमैत्री विकासका पूर्वाधारको निमार्ण गरी पर्यटक आकर्षक गर्न सकेमा कर्णाली प्रदेश सरकार र यहाँ रहेका स्थानीय सरकारले सधैँ सङ्घीय सरकारको मुख ताख्ने दिन अन्त हुनसक्छ । साउन अष्टमीका दिन सशस्त्र प्रहरी, नेपाल प्रहरीसहित सरकारी टोली गाथसहित छायाँनाथ र ऋणीमोक्ष धाम निस्केको थियो । रासस