२३ जेष्ठ २०८३, शनिबार
,
Latest
बाढीले अवरुद्ध मध्यपहाडी लोकमार्ग खुलाउने प्रयास जारी राज्यले कुनैपनि व्यवसायमा प्रतिकूल असर गर्ने काम गर्नु हुँदैनः माधव नेपाल एकै दिनमा तीन हजार भन्दा बढी अफगान शरणार्थी स्वदेश फिर्ता बाग्लुङकाे ताराखोला ‘हाइड्रो’मा दुर्घटना, एक मजदुरको मृत्यु पोखरा बसपार्क अतिक्रमण हटाउन स्थानीयको सक्रियता, संरचना आफैं भत्काउन सुरु (तस्बिरसहित) परराष्ट्रमन्त्री खनाल र भाजपाका विदेश विभाग प्रमुखबीच भेटवार्ता एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्र प्रकाशन गरिने पोर्चुगलमा टुङ्गियो एनआरएनए विवाद, सुजन लामा नेतृत्वको समितिलाई सरकारी मान्यता तीन तहको सरकारमा समन्वयको अभाव छः अध्यक्ष दाहाल बागमती प्रदेशले गर्‍यो पाँच सहकारीका ११४ ठूला ऋणीको नाम सार्वजनिक
तपाईं के खोज्दै हुनुहुन्छ ?

भक्तपुर – कंलकी रुटमा चल्ने बसबाट पाकेटमारी गर्ने ५ जना पक्राउ



अ+ अ-

काठमाडौँ । प्रहरीले सवारी साधनमा पाकेटमारी गर्ने ५ जनालाई पक्राउ गरेको छ । प्रहरीले कंलकी रुट भई चल्ने भक्तपुरको बसबाट पाकेटमारी गर्ने ५ जनालाई पक्राउ गरेको हो ।

बल्खु स्थित सडक खण्डमा बा ३ ख २४४४ नं.को क्षेत्रिय यातायात भक्तपुर-कलंकी चल्ने बसबाट पच्चिस हजार रुपैँया प्याकेटमारी भएको भन्ने खबर पछि वृत्त कालिमाटीबाट खटिएको प्रहरी टोलीले चेकजाँच गरी पाकेटमारीमा संलग्न ५ जना र पाकेटमारी गरेको रकम सहित नियन्त्रणमा लिएको हो ।

पक्राउ पर्नेमा रौतहट घर भई हाल जडिबुटि डेरा गरी बस्ने बर्ष ३५ को इनरजित शाह, बर्ष २५ को शिव पुजन शाह रहेका छन् । प्रहरीले अन्य तीन जनाको भने नाम खुलाएको छैन । उनीहरुबारे थप अनुसन्धान भईरहेको छ ।