२८ मंसिर २०८२, आईतवार
,
Latest
पर्यटन सबलीकरणका सूत्र यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर तुलसीमान श्रेष्ठ लोक साहित्य सम्मान-२०८२ डा.राजुबाबु श्रेष्ठलाई प्रदान विभिन्न कार्यक्रमका साथ संसद् सेवा दिवस मनाइँदै एमाले महाधिवेशन: आजबाट बन्दसत्र भृकुटीमण्डपमा शुरु हुँदै एमाले महाधिवेशनः सांस्कृतिकदेखि आन्तरिक पर्यटन प्रवर्द्धनमा सहयोग मेस्सी एक्कासी बाहिरिएपछि समर्थकद्वारा भारतीय रंगशालामा तोडफोड कांग्रेसभित्र प्रजातन्त्र सेनानीको अनुभव प्रयोगको खाँचो छ: डा कोइराला ८५ हेक्टर क्षेत्रफलमा चैते धानखेती विस्तार गरिँदै होटेलमा लुकाइ राखिएको पेस्तोल पड्किँदा एक जना घाइते
तपाईं के खोज्दै हुनुहुन्छ ?

भक्तपुर – कंलकी रुटमा चल्ने बसबाट पाकेटमारी गर्ने ५ जना पक्राउ



अ+ अ-

काठमाडौँ । प्रहरीले सवारी साधनमा पाकेटमारी गर्ने ५ जनालाई पक्राउ गरेको छ । प्रहरीले कंलकी रुट भई चल्ने भक्तपुरको बसबाट पाकेटमारी गर्ने ५ जनालाई पक्राउ गरेको हो ।

बल्खु स्थित सडक खण्डमा बा ३ ख २४४४ नं.को क्षेत्रिय यातायात भक्तपुर-कलंकी चल्ने बसबाट पच्चिस हजार रुपैँया प्याकेटमारी भएको भन्ने खबर पछि वृत्त कालिमाटीबाट खटिएको प्रहरी टोलीले चेकजाँच गरी पाकेटमारीमा संलग्न ५ जना र पाकेटमारी गरेको रकम सहित नियन्त्रणमा लिएको हो ।

पक्राउ पर्नेमा रौतहट घर भई हाल जडिबुटि डेरा गरी बस्ने बर्ष ३५ को इनरजित शाह, बर्ष २५ को शिव पुजन शाह रहेका छन् । प्रहरीले अन्य तीन जनाको भने नाम खुलाएको छैन । उनीहरुबारे थप अनुसन्धान भईरहेको छ ।