६ श्रावण २०८३, बुधबार
,
Latest
पार्टी तोड्ने हैन, जोड्नेतर्फ लाग्नुपर्छः नेता आङ्देम्बे इरान युद्धमा अमेरिकाको ३७.५ अर्ब डलर खर्च काठमाडौं महानगरपालिकाको प्रशासनिक भवन निर्माणको भौतिक प्रगति ३५ प्रतिशत सुदूरपश्चिम प्रदेशः अधिकांश मन्त्रालयको पुँजीगत खर्च कमजोर दिल्लीको जंतर–मंतरमा ‘ककरोच जनता पार्टी’को प्रदर्शन ३३औँ दिनमा, हजारौँ प्रदर्शनकारी सहभागी श्रमिकका उजुरी एक घण्टाभित्र सम्बोधन गर्न श्रम तथा व्यवसायजन्य सुरक्षा विभागको निर्देशन टेकुमा निर्माणाधिन फोहोर स्थानान्तरण केन्द्र मंसिरभित्र सञ्चालनमा ल्याउने तयारी विभिन्न कार्यक्रम गरी ४४३औँ बिपी स्मृति दिवस मनाइँदै भरतपुर कारागारमा कैदी बस्ने स्थानको अभाव बजेट कार्यान्वयनमा कडाइ गर्न अर्थ मन्त्रालयद्वारा ४७ बुँदे मार्गदर्शन जारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

युद्ध शुरु भए यता पहिलो पटक राजधानी बाहिरको भ्रमणमा निस्किए जनरल कमाण्डर बुर्हान



अ+ अ-

एजेन्सी । सुडानको सार्वभौम परिषद्का अध्यक्ष एवं सुडानी सशस्त्र बल (एसएएफ) का जनरल कमाण्डर अब्देल फताह अल बुर्हानले पूर्वी सुडानको रेड सी राज्यको राजधानी पोर्ट सुडानको भ्रमण गर्नुभएको छ ।

अप्रिलमा युद्ध शुरु भए यता उहाँ पहिलो पटक बाहिरी क्षेत्रको भ्रमणमा निस्किनुभएको हो । उहाँले सो अवसरमा उत्तरको ओमदुरमान शहरमा रहेको सेनाको चौकीरहको निरीक्षण गर्नुभएको थियो ।

सुडानमा अप्रिल १५ देखि खार्तुम र अन्य क्षेत्रहरुमा एसएएफ र अर्धसैनिक र्‍यापिड सपोर्ट फोर्स (आरएसएफ) बीच झडप भइरहेको छ । जसमा ३ हजार भन्दा बढी मानिसहरुको मृत्यु भइसकेको छ भने ६ हजार बढी घाइते भएका छन् ।