• ९ जेष्ठ २०८१, बुधबार
  •      Wed May 22 2024
  •   Unicode
Logo

बिहिबारदेखि सुनको मूल्य स्थिर, चाँदी घट्यो



काठमाडौँ । नेपाली सुनचाँदी बजारमा आज साता कारोबारको दोस्रो दिन सोमबार पनि सुनको मूल्य स्थिर रहेको छ । बिहिबार देखि स्थिर रहेको सुनको मूल्य आज पनि सोहि मूल्यमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज छापावाल सुन स्थिर रहि प्रतितोला एक लाख ११ हजार एक सय रुपैयाँमा कारोबार भईरहेको महासंघले जनाएको छ ।

यस्तै, तेजाबी सुनको मूल्य पनि बिहिबारकै मूल्यमा यथावत रहि प्रतितोला एक लाख १० हजार पाँच सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यसैगरी, आज चाँदीको मूल्य भने घटेको छ । आज चाँदी ५ रुपैयाँले घटेर प्रतितोला १४ सय ६० रुपैयाँमा कारोबार भईरहेको महासंघले जनाएको छ ।