२१ मंसिर २०८२, आईतवार
,
Latest
एनपीएलः चार टोलीको नजर पहिलो ट्रफिमा, कसको पल्ला भारी ? पूर्वराष्ट्रपति भण्डारीद्वारा सिंहदरबारको अवलोकन–फोटोफिचर प्रधानमन्त्री कार्की र पूर्वराष्ट्रपति भण्डारीबीच भेटवार्ता पोखरा विमानस्थल निर्माणमा भ्रष्टाचारः पाँच पूर्वमन्त्रीसहितलाई मुद्दा चलाइने मिराज ढुंगानले मागे प्रधानमन्त्री कार्कीको राजीनामा विदेश जाने श्रमिकको स्वास्थ्य परीक्षण शुल्क बढाएकामा आपत्ति ठमेलको निर्माणाधीन रेष्टुरेन्टमा आगलागी बर्दिया घटनाको छानबिन गर्न समिति गठन मधेस प्रदेशका मुख्यमन्त्री यादवद्वारा पदभार ग्रहणः सुशासन पहिलो प्राथमिकता एमाले महाधिवेशनको खुल्लासत्रमा सहभागी हुन अध्यक्ष ओलीको पत्र
तपाईं के खोज्दै हुनुहुन्छ ?

वाग्नरका प्रमुख प्रिगोजिनको मृत्युको रूसी अनुसन्धानकर्ताद्वारा पुष्टि



अ+ अ-

एजेन्सी । वाग्नर अर्धसैनिक समूहका प्रमुख येभगेनी प्रिगोजिनको बुधबार भएको विमान दुर्घटनामा परी मृत्यु भएको औपचारिक आनुवंशिक विश्लेषणबाट पुष्टि भएको रूसको अनुसन्धान समितिले आइतबार जनाएको छ ।

छानबिन समितिका प्रवक्ता स्वेतलाना पेट्रेन्कोले भन्नुभयो,“टिवर क्षेत्रमा भएको विमान दुर्घटनाको अनुसन्धानको एक भाग आणविक–आनुवंशिक परीक्षण पूरा भएको छ । नतिजाअनुसार रूसी विमान दुर्घटनामा मृत्यु भएका १० जनाको पहिचान खुलेको छ । उनीहरू फ्लाइट लिस्टमा उल्लेखित सूचीसँग मिल्दोजुल्दो छन्,” उहाँले भन्नुभयो ।

दुर्घटनाग्रस्त एम्ब्रेयर प्राइभेट जेटमा रहेका अन्य नौ जनामध्ये वाग्नरको अपरेशनको व्यवस्थापन गर्ने र रुसी सैन्य गुप्तचर निकायमा काम गर्ने एक छायाँदार व्यक्ति दिमित्री उत्किन पनि हुनुहुन्थ्यो । वाग्नरले मस्कोको सैन्य नेतृत्वविरुद्ध विद्रोह गरेको ठीक दुई महिनापछि क्रेमलिनको संलग्नता रहेको हुनसक्ने अनुमान गरिएको छ ।

क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले शुक्रबार पत्रकारहरूका लागि घटनालाई ‘दुःखद’ भन्दै सम्भावित दुष्प्रचारको अफवाहलाई ‘सरासर झूट’ भन्नुभएको छ ।

रूसी अधिकारीहरूले दुर्घटनापछि हवाई यातायात उल्लङ्घनको बारेमा अनुसन्धान सुरु गरेका छन् तर अन्यथा सम्भावित कारणको बारेमा विस्तृत विवरण सार्वजनिक गरेका छैनन् ।