२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
अभिनेता हमालले भने: ‘सीमापार अतिक्रमण’ र ‘राज्य–प्रायोजित भू–अतिक्रमण’ अलग विषय हाे निजी क्षेत्र बिना १० वर्षमा ३० हजार मेगावाट बिजुली उत्पादनको लक्ष्य पूरा गर्न असम्भवः गणेश… कानून बनाएर मात्र न्यायधीशहरूको सम्पत्ति छानविन गरिनुपर्छ,नत्र प्रत्युत्पादक हुन्छः पूर्वप्रधानन्यायाधीश पराजुली प्रतिनिधिसभा सदस्य निर्वाचनलाई विश्वले अध्ययन गर्न लायक थियोः पूर्वप्रधानमन्त्री कार्की जनतासँगको सम्बन्ध पुनः मजबुत बनाउन आत्मसमीक्षा आवश्यक छ: महासचिव पोखरेल घट्यो सुनचाँदीको मूल्य वातावरण संरक्षणका लागि सामूहिक प्रयास अपरिहार्य छः नेता आङदेम्बे लोकतन्त्रमा पदसोपानभन्दा कार्यक्षमता र सिर्जनशीलता मुख्य विषयः पूर्वमन्त्री अर्याल दैनिक १० कार्यालयमा छड्के अनुगमन, ६ हजार ७१० कर्मचारीले कार्यालय समय पालना नगरेको खुलासा काठमाडौँ उपत्यकाका अस्पतालमा स्वास्थ्य सेवा अनुगमन सुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

समाजवादी शक्तिका सामु दलाल पुँजीवादी शक्ति मुख्य खतरा भएको छ: माधव नेपाल



अ+ अ-

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले समाजवादी शक्तिहरुका सामु दलाल पुँजीवादी शक्ति मुख्य खतराको रुपमा देखा परेको बताउनुभएको छ ।

आईतवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले दलाल नोकरशाही पुँजीवाद र वित्तीय पुँजीवादले सर्वहारा श्रमजीवि नेपाली जनतालाई शोषण उत्पीडनको मारमा पारेको बताउनु भयो ।

उहाँले  देशको अर्थतन्त्रको विकासमा अनेकौँ, बाधा व्यवधान खडा भएको बताउनु भयो । उहाँले देशमा सुशासनको प्रत्याभुति गर्ने कुराहरुमा पनि अनेक व्यवधान खडा भइरहेको बताउनु भयो । प्रतिकुल काम गर्ने र अवरोधमुलक काम गर्नेहरुसँग जुध्नुपर्ने आवश्यकता रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘संविधानमा लेखिएका कुराहरु व्यवहारमा लागू गर्न बाँकी नै छ । यी सबै परिवेशमा विस्तृत डिस्कोर्सको आवश्यकता छ । विस्तृत छलफल बहसको आवश्यकता छ । अहिले समाजवादी शक्तिहरुका सामु दलाल पुँजीवादी शक्ति मुख्य खतराको रुपमा देखा परेको छ । यही दलाल नोकरशाही पुँजीवाद भन्नुहोस्, वित्तीय पुँजीवाद भन्नुहोस्, यसले सर्वहारा श्रमजीवि जनता आम नेपाली जनतालाई शोषण उत्पीडनको मारमा पारेका छन् । देशको अर्थतन्त्रको विकासमा अनेकौँ, बाधा व्यवधान खडा गरेका छन् । देशमा सुशासनको प्रत्याभुति गर्ने कुराहरुमा अनेक अवरोधहरु खडा गरेका छन् । ती सबै प्रतिकुल काम गर्ने, अवरोधमुलक काम गर्ने, ति प्रवृत्तिहरुका बिरुद्धमा हामीले जुध्नुपर्ने आवश्यकता छ ।’

अध्यक्ष नेपालले नेता, कार्यकर्ताहरु घुलमिल हुनुपर्ने आवश्यकता रहेको बताउनु भयो ।




भर्खरै