२१ श्रावण २०८३, बिहीबार
,
Latest
गण्डकीमा पर्यापर्यटनको नाममा साढे ३२ करोड खर्च, उपलब्धि न्यून राज्य व्यवस्था समितिमा ‘सैन्यीकरण’ शब्दलाई लिएर सांसदहरूबीच भनाभन, अमरेशले सभापतिलाई भने–यसरी समिति चल्दैन क्षेत्राधिकारको स्पष्ट सीमाङ्कन नभए सुरक्षा निकायबीच द्वन्द्व हुनसक्छः उपनेता अर्याल सैन्य संख्या बढाउने तर शिक्षा र रोजगारीमा ध्यान नदिने सरकारको नीति गलतः डा. अमरेशकुमार सिंह मनसुनजन्य विपद् व्यवस्थापनका लागि २६ हजार सुरक्षाकर्मी र आधुनिक प्रविधि परिचालन गरिएको छः गृहमन्त्री सेनालाई सस्तो बनाउने काम भयो, सरकार जिम्मेवार छ : मिराज ढुंगाना महाधिवेशन तयारीमा राप्रपा, अध्यक्ष लिङ्देनद्वारा समितिलाई कार्ययोजना बनाएर तत्काल काम थाल्न निर्देशन कृत्रिम अभाव सृजना गर्नेलाई कानुनबमोजिम कारबाही राष्ट्रियसभामा ‘सङ्क्रामक पशु रोग (नियन्त्रण) विधेयक, २०८३’ पेस विशेष महाधिवेशन विवादमा सर्वोच्चको निस्सापछि विश्वप्रकाश शर्मा: तथ्य र राजनीतिक सत्य थप स्पष्ट हुने विश्वास
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोशी प्रदेशमा जातीय सद्भाव बिथोल्ने काम सरकार आफैँले गरिरहेको छ: एमाले सांसद न्यौपाने



फाईल फोटो
अ+ अ-

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का राष्ट्रिय सभाकी सांसद भगवती न्यौपानेले कोशी प्रदेशमा जातीय सद्भाव बिथोल्ने काममा सरकार र सत्तारुढ गठबन्धन आफैँ संलग्न रहेको आरोप लगाउनुभएको छ ।

आईतवार राष्ट्रिय सभा बैठकमा विशेष समय लिएर बोल्दै उहाँले सत्तारुढ गठबन्धनले जातीय सद्भावमा खलल पुर्‍याउने खालका गतिविधि गरिरहेको उल्लेख गर्दै तत्काल त्यस्ता खालका गतिविधिलाई नियन्त्रण गर्न सरकारको गम्भिर ध्यानाकर्षण गराउनु भयो ।

सांसद न्यौपानेले बहुजात, बहुधर्म, बहुसंस्कृति नेपालको पहिचान भएपनि त्यसमाथि खलल पुर्‍याउने काम सत्तारुढ गठबन्धनबाटै हुनु मुलुकको लागि दु:खद् भएको समेत बताउनु भयो । उहाँले जातजातका बीचमा लडाएर मुलुकलाई अराजकतातिर धकेल्ने काम कसैले पनि गर्न नहुने बताउनु भयो ।

सांसद न्यौपानेले भन्नुभयो, ‘आज धार्मिक सहिष्णुतामाथि खलल पुग्ने खालका गतिविधिहरु सञ्चालन भइराखेका छन् । वास्तवमा बहुजात, बहुधर्म, बहुसंस्कृति हाम्रो नेपालीहरुको जे पहिचान छ । त्यो हाम्रो गर्व हो । अभिशाप होइन । जातीय सदभावमा खलल पुग्ने गरी जे गतिविधिहरु सञ्चालन भइराखेका छन् । त्यो अत्यन्तै दु:खद् छ । आज कोशीमा पहिचानको नाममा जातीय सदभावमा खलल पुग्नेगरी गतिविधिहरु भइरहेका छन् । त्यसलाई उक्साउने काम गठबन्धनबाटै भइरहेको छ ।’

‘त्यसलाई नियन्त्रण गर्न भन्दा, जातीय सद्भाव कायम गर्न भन्दा त्यसलाई उक्साउने र अराजकतातिर लैजाने खालको परिस्थितिहरु आज गठबन्धनबाट, सरकारबाट त्यस्ता खालको गतिविधिहरु भईराखेका छन् । त्यसैले म सचेत गराउन चाहन्छु–मिलेर बसेका नेपालीहरुलाई जातजातको नाममा लडाई गराएर यो देशलाई रुवाण्डा बनाउन हामी चाहँदैनौं । त्यसैले त्यसतर्फ सरकारको ध्यान जाओस् । वास्तवमा अहिले चर्चामा छ कोशी प्रदेश । यो संविधान जोगाउनका निम्ति गठबन्धन बनाएको भनेर दाबी गर्नेहरु धन्य छ गठबन्धन ।’

सांसद न्यौपानेले संविधान विपरित गएर सत्तारुढ गठबन्धनले कोशी प्रदेश सरकार निर्माण गर्ने काम गरिरहेको भन्दै आक्रोश समेत व्यक्त गर्नुभयो ।




भर्खरै